2026-10-17 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट झण्डै ५३ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ? (सूचीसहित)

भदौ १२, काठमाडौं । विदेशबाट तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश फर्किएका छन् ।  सरकारले जेठ २९ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेपछि ५८ देशबाट ५२ हजार ७७९ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । 

तीन महिनाको अवधिमा सबैभन्दा धेरै यूएईबाट स्वदेश फर्किएका छन् । यूएईबाट १५ हजार २१० जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुन देशबाट कति फर्किए ?

यूएईपछि खाडीकै अर्को देश साउदीबाट ७ हजार ८१७ जना स्वदेश फर्किएका छन् भने कतारबाट ५ हजार ६६८ जना मात्रै अहिलेसम्म स्वदेश आइपुगेका छन् ।झण्डै ७० हजार नेपाली श्रमिक कार्यरत खाडीको अर्को देश कुवेतबाट ६ हजार ३२० जना स्वदेश फर्किएका छन् । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मलेसियाबाट ७ हजार ८५८ जना स्वदेश आइपुगेका छन् भने बहराइनबाट ९८० जना, ओमानबाट ६६७ जना, इजरायलबाट २५ जना, साइप्रसबाट १०२ जना, अस्ट्रेलियाबाट एक हजार ८७ जना, फिलिपिन्सबाट २०१ जना, म्यानमारबाट २६ जना, कम्बोडियाबाट ३३ जना, सिंगापुरबाट २६४ जना, थाइल्याण्डबाट ३२६ जना, बंगलादेशबाट ८ सय ६५ जना, अफगानिस्तानबाट ५० जना, श्रीलंकाबाट ५ जना, माल्दिभ्सबाट ७०९ जना र पाकिस्तानबाट ७२ जना स्वदेश आइपुगेका सीसीएमसीले जनाएको छ ।

यस्तै चीनबाट २०८ जना, हङ्कङ र मकाउबाट ८९ जना, दक्षिण कोरियाबाट ९६७ जना, जापानबाट १२ सय ८२ जना, अमेरिकाबाट ५९१ जना, क्यानडाबाट ३८ जना, डेनमार्कबाट २१ जना, फिनल्याण्डबाट १९ जना, नर्वेबाट २० जना, स्वीडेनबाट १३ जना, अर्मेनियाबाट २ जना, जर्मनीबाट ४७ जना, पोल्याण्डबाट ५ जना स्वदेश फर्किएका छन् ।

चेक गणतन्त्रबाट २ जना, स्विट्जरल्याण्डबाट ५ जना, इटलीबाट ३९ जना, बेल्जियमबाट ९ जना, नेदरल्याण्डबाट ३० जना, अष्ट्रियाबाट ३ जना, ग्रिसबाट ३९ जना, स्पेनबाट १३ जना, फ्रान्सबाट १९ जना, पोर्चुगलबाट ५ जना, संयुक्त अधिराज्यबाट २४४ जना, युगाण्डाबाट ६ जना, नाइजेरियाबाट ४ जना, सुडानबाट ५ जना, दक्षिण सुडानबाट २५८ जना, टिउनेसियाबाट २ जना, इथोपियाबाट ५ जना, सोमालियाबाट १ जना, टर्कीबाट २९९ जना, इरानबाट २ जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश आइपुगेका छन् ।

अहिले पनि नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ । भदौ १६ गतेदेखि पीसीआर जाँच सहज भएका देशबाट सरकारले नियमित उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु