2026-10-17 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार : २०६१ भदौ १६ को कालो दिन सम्झिएर ..’नगद धरौटी एक वर्षलाई सापटी देऊ’

भदौ १६, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यावसायी संघले म्यानपावर व्यवसायीले राखेको नगद धरौटी एक वर्षका लागि सापटी दिन सरकारसंग माग गरेको छ । कोरोना महामारी पछि वैदेशिक रोजगार ठप्प भएको कारण व्यवसायीले कार्यालय संचालन गर्न नसक्ने अवस्था आएकोले एक वर्षका लागि नगद धरौटी सापटी दिन आग्रह गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए  ।

बि.स. २०६१ साल भाद्र १६ गते इराक स्थित अमेरिकन बेस क्याम्पमा वैदेशिक रोजगारीको लागि गएका कामदारहरु मध्ये १२ जान नेपाली नागरिकहरुको आतंककारीहरु बाट बीभत्स हत्या गरिएको थियो  । सोहि घटनाको आक्रोशमा २०६१ साल भाद्र १६ गते वैदेशिक रोजगार व्यववसाय संचालन गर्ने कम्पनीहरुको कार्यालय, घर, सवारी साधनमा आगजानी तोडफोड र लुटपाट गर्ने कार्य भएका थिए । 

उक्त घटना भएको दिनलाई व्यवसायीले “कालो दिन” घोषणा गरि विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रमहरु गरि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने कार्य गर्दै आएका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको माहामारीको कारणले यस वर्ष संघले कुनै सचेतना कार्यक्रम नराखे पनि यस दिनलाई व्यवसायीको “कालो दिन” को स्मरण गरेको महासचिव श्रेष्ठले बताए । 

२०६१ भदौ १६ पश्च्यात  म्यानपावर कम्पनीहरुमा भएको क्षतिको पुन:स्थापना गर्न व्यवसायीले राखेको नगद धरौटी एक वर्षको लागि सरकारले सापटी दिएको तथ्यलाई स्मरण गराउदै अहिलेको अवस्थामा पनि नगद धरौटी सापटी दिन सरकारसंग माग गरिएको श्रेष्ठले बताए । कोरोना महामारीको जोखिम रहेको भन्दै सरकारले गत वर्ष फागुन २९ गतेबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य बन्द गर्ने निर्णय गरेको थियो साथै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गरिएको थियो । 

सो पश्च्यात गत असार १८ बाट पुन: श्रम स्वीकृति र आजबाट नयाँ (संस्थागत) श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । अब माग आएका देशमा आवश्यक प्रक्रिया पुरा गरेर नेपाली कामदार पठाउन सकिने विश्वास म्यानपावर व्यवसायीले लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु