2026-10-17 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायुसेवा निगमको जहाजबाट पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

भदौ १८, काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ ।

सरकारले लकडाउनपछि भदौ १६ बाट नियमित अन्तराष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो । सो पश्च्यात निगमले जापानबाट पहिलो नियमित उडान गरेको थियो । निगमको जहाज मार्फत बुधबार राति नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । 

काठमाडौं आइसकेपछि चेक गर्दा पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्‍वारेन्टिनमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले साझा सबाललाई जानकारी दिईन् ।  नारिताबाट आएका २१३ जनामध्ये एक जनासँग आरडीटी नेगेटिभ रिपोर्ट मात्रै रहेछ, प्रवक्ता खडकाले भनिन्  “पीसीआर नभएको यात्रुको पीसीआर परीक्षण गर्न लगाएका छौं, बेलुकासम्म रिपोर्ट आउँछ होला ।”

एक जनाको पीसीआर गरेको रिपोर्ट नभएपछि सबै यात्रुलाई अहिले होटेल क्‍वारेन्टिनमा राखिएको उनले बताईन् । “अन्य २१२ यात्रुसँग पीसीआर गरेको र नेगेटिभ रहेको रिपोर्ट भए पनि एक यात्रुसँग आरडीटी गरेको मात्रै रिपोर्ट भएकाले सबैलाई क्‍वारेन्टिनमा राखिएको हो, परीक्षण गरेकाको पीसीआर रिपोर्ट नेगेटिभ आएमा प्रशासानको समन्वयमा के गर्ने भन्ने निर्णय हुन्छ” उनले भनिन् ।

सरकारले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गर्न दिएको मुलुकबाट नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । सरकारले कुनै पनि एयरलाइन्सले पीसीआर गरेको र नगरेको यात्रुलाई सँगै ल्याए सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा एयरलाइन्सकै खर्चमा राख्नुपर्ने निर्णय गरेको छ । सोहीअनुसार निगमले सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु