2026-10-17 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले विदेश जान नयाँ तथा पुरानो श्रम-स्वीकृति पाइन्छ ? यस्तो छ बिभागको प्रतिक्रिया

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेसंगै काठमाडौँ स्थित बैदेशिक रोजगार बिभागले काम गरिरहेको बताएको छ । वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दहालले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार अहिले नयाँ तथा पुरानो श्रम स्वीकृतिको काम जारी रहेको छ । 

कोरोना महामारी जारी रहेको अवस्थामा श्रम-स्वीकृति खूला भएसंगै मंगलबार श्रम कार्यालय ताहाचलमा श्रमस्वीकृति लिनेको भीड लागेको र सो भीडलाई प्रहरीले हटाउने प्रयास गरेको महानिर्देशक दाहालले जानकारी दिए । काठमाडौँमा निषेधाज्ञा रहेको अवस्थामा श्रम कार्यालयमा भीड बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न समस्यामा परेकाहरुलाई मात्र श्रम स्वीकृति दिन सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको दाहालले जानकारी दिए । उनले भने ‘नयाँ-पुरानो श्रम दिने काम जारी छ, तर महामारीको जोखिमका कारण भीड लगाएर काम गर्नु सबैको लागि जोखिम हुन्छ त्यसैले समस्या परेकाहरुलाई मात्र श्रम दिने काम भईरहेको छ ।’ 

कोरोना महामारीका कारण लामो समयदेखि बैदेशिक रोजगार ठप्प बनेको अवस्थामा भदौ १४ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति समेत खूला गरेको थियो  । रोजगार मुलुकबाट बिदामा आएकाहरुको पुन-स्वीकृति भने त्यस अघिदेखिनै खुलेको अवस्था थियो ।

भिडियो हेर्नुहोस् 

वैदेशिक रोजगार बिभागले नयाँ-पुरानो श्रम स्वीकृति दिने निर्णय गरेसंगै सम्बन्धित रोजगारदाता कम्पनीले नो अब्जेक्सन लेटर (NOC) दिएकाहरुलाई मात्र श्रम स्वीकृति दिने सूचना भदौ १७ गतेनै जारी गरेको अवस्था छ । 

बिभागले गरेको पछिल्लो निर्णय अनुसार पहिले श्रम स्वीकृति दिने नीतिसंगै बिभिन्न तीन मापदण्डलाई आधार मानेर नयाँ तथा पुरानो श्रम स्वीकृति दिने उल्लेख छ । जस अनुसार २०७६ फागुन २९ गते अघि मागपत्र प्रामाणिकरण भई पूर्व स्वीकृति लिएकाको हकमा सम्बन्धित श्रम गन्तव्य मूलुकको रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसि सम्बन्धित दुतावासबाट प्रमाणीत गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । 

त्यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित देशको नेपाली दुतावासबाट प्रमाणित गराई अनिवार्य पेश गर्नुपर्ने उल्लेखित छ । 

त्यस्तै नयाँ व्यक्तिगत श्रमस्वीकृतिको हकमा पनि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी गरेको एनओसि वैदेशिक रोजगार कार्यालय ताहाचलको इमेलमा प्राप्त भएपछि मात्र श्रम स्वीकृति दिइनेछ  । 

बिदामा आएकाहरुले पुनस्वीकृतिको लागि सातै प्रदेशमा रहेको श्रम कार्यालयबाट श्रम स्वीकृति लिन सक्ने भएपनि नयाँ श्रम स्वीकृतिको लागि भने काठमाडौँको ताहाचलकै कार्यलय आउनुपर्ने बाध्यता छ । काठमाडौँका नाकाहरुमा कडाई भएको अवस्थामा उपत्यका बाहिरकालाई काठमाडौँमा आई नयाँ स्वीकृति लिन सहज अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु