2026-09-25 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतारको रोजगारीमा सिण्डिकेट’ विरुद्ध म्यानपावर व्यवसायी संघ संस्था,कसले के भने ?

भदौ २५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आवद्ध संघसंस्थाले कतारको वैदेशिक रोजगारका नाममा कुनै पनि प्रकारको सिण्डिकेट पक्षमा नरहेको स्फष्ट पारेका छन् । भाद्र २३ गते  एक अनलाइनमा ‘कतार कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लाद्न चलखेल’  शीर्षकमा समाचार आएको थियो । उक्त समाचार प्रति ध्यानाकर्षण भएको भन्दै व्यवसायी संघसंस्थाले आफुहरु सिण्डिकेटको विरोधमा रहेको जनाएका हुन् ।

म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वैदेशिक व्यवसायमा सिण्डिकेट खडा गर्नु आपत्तिजनक भएको बताएका छन् । 

‘सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्छ’

“कतारमा कामदार पठाउन सिण्डिकेट लाद्न चलखेल” भनी प्रकाशित समाचारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

व्यवसायी संघ कुनै पनि नाम र बहानामा हुने गरिने सिण्डिकेटको विरुद्धमा छ र सदैव रहनेछ संघका महासचिव सुजित कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘केहि संचार माध्यममा  उल्लेख गरिए अनुसार सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्नेछ ।’

‘संघ स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने व्यावासायीको साझा संस्था भएकाले एकाधिकार, सरक्षणवाद र सिण्डिकेट लागू नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउंदछ विज्ञप्तिमा भनिएको छ ।

सिन्डिकेट खडा गर्नु आपत्तिजनक : प्रगतिशील मंच 

“कतार कामदार पठाउने  म्यानपावर मा सिन्डिकेट” शीर्षक को समाचार प्रकाशन  भएको प्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च,  नेपालको ध्यान गम्भिर रुपमा आकृष्ट भएको मंचले जनाएको छ । समाचारमा  सम्प्रेषित विवरण सही हो भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपाल त्यस्ता कुनै पनि किसिम को सिन्डिकेटको विरोध गर्दछ मंचद्वारा विज्ञप्तिमा भनिएको छ “यस व्यवसायमा सिन्डिकेट खडा गर्नु आपत्तिजनक भएको हुँदा त्यस्ता सिन्डिकेट को सधै प्रतिरोध गर्ने यसै वक्तव्य मार्फत प्रष्ट पार्न चाहान्छौं ।” 

आम व्यावसायी विरोधी कार्यहरु स्वीकार्य छैन : एसोसियसन

नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पनि रोजगारीका नाममा गरिने कुनैपनि सिण्डिकेट पक्षमा एसोसियसन नरहेको स्फष्ट पारेको छ ।

सम्पूर्ण व्यवसायीले आफ्नो योग्यता र क्षमता अनुसार निर्वाद रुपमा नेपाल सरकारले श्रम स्विकृति प्रदान गर्ने मुलकहरुमा कामदार पठाउन पाउने अधिकारलाई कुनै सिन्डिकेटको  नाममा अवरोध नगर्न, नगराउनु हुन अनुरोध गरिन्छ एसोसियसनका महासचिव भवानी निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यस्ता  गैरकानुनी काम कहीं  कतैबाट भएको पाइएमा वा कोही  पनि व्यवसायीहरुले यस्ता प्रकारका अवाञ्छित, एकाधिकार तथा आम व्यावसायी विरोधी कार्यहरु गरेमा सो को विरोध गर्दै यस् एसोसियसन कडा प्रतिवादमा उत्रिने आम व्यवसायीलाई जानकारी गराउंदछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित