2026-10-17 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई धमाधम नयाँ-पुरानो श्रम स्वीकृति दिने काम भईरहेको छ (भिडियो सहित)

भदौ २५, काठमाडौँ | श्रम मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार बिभाग श्रम कार्यालय ताहाचलले सबै खाले श्रम स्वीकृति दिईरहेको जनाएको छ । उपत्यकामा निषेधाज्ञाका बाबजुत अहिले नयाँ जान चाहने तथा बिदामा जान चाहनेलाई श्रम स्वीकृति दिने काम जारी गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ । त्यसोत हामीले यसै सन्दर्भमा बुधबार श्रम कार्यालयमै पुगेर एक भिडियो लिएका छौँ । तल हेर्नसक्नुहुन्छ । 

श्रम कार्यालयमा सम्बद्ध अधिकारीहरुका अनुसार सरकारको निर्णय अनुसार सबै खाले श्रम स्वीकृति दिने कार्य जारी छ । तर जारी निषेधाज्ञाका कारण श्रम कार्यालयमा धेरै भिड छैन । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानको लागि पनि श्रम खूला गरेको अवस्था छ तर दैनिक २/३ म्यानपावरको फाइल मात्र आएको छ । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जान गत फागुन २९ अघि पुर्व स्वीकृति लिएका म्यानपावर कम्पनीहरुले आवेदन दिन सक्ने यसअघिनै बैदेशिक रोजगार बिभागले सूचना जारि गरेको अवस्था छ । तर श्रम कार्यालयमा केहि म्यानपावर मात्र श्रम लिन गएका छन् । अहिले सरकारले संस्थागत रुपमा विदेश पठाउन फागुन २९ गते अघि पुर्व स्वीकृति लिईसकेको भए सम्बन्धित देशको सम्बन्धित रोजगारदाताले दुतावास मार्फत नो अब्जेक्सन लेटर प्रमाणित गरेका छन् भने श्रम स्वीकृति पाउने छन् । 

कोरोना महामारीका कारण लामो समयदेखि बैदेशिक रोजगार ठप्प बनेको अवस्थामा भदौ १४ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति समेत खूला गरेको थियो  । 

व्यक्तिगत रुपमा बैदेशिक रोजगारीमा जान भने रोजगारदाताले दुतावासमा नो अब्जेक्सन प्रमाणीकरण गरिराख्नु पर्दैन । सम्बन्धित रोजगारदाताले कामदारको भिषा, सम्झौता पत्र र नो अब्जेक्सन लेटर दिएमा श्रमस्वीकृति लिन सक्दछन्। त्यस्तै बिदामा आएकाहरुको हकमा पनि नो अब्जेक्सन लेटर दुतावासले प्रमाणित गर्नुपर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु