2026-09-25 01:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट कोभिड-१९ को महामारी पश्चात ६१ हजार नेपाली स्वदेश फर्किए (हेर्नुहोस् विवरण)

भदौ २८, काठमाडौं । कोभिड-१९ को महामारी पश्चात हालसम्म भारत बाहेक अन्य मुलुकहरुबाट ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्केका छन् । सरकारले गत जेठ २९ बाट विदेशमा समस्यामा परेका नेपालीलाई चार्टर्ड उडान मार्फत स्वदेश ल्याउने निर्णय गरेको थियो सो पश्च्यात ३ महिनाको अवधिमा सवैभन्दा धेरै बागमती प्रदेशका १६ हजार ८ सय ५१ जना स्वदेश फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्दले जनाएको छ ।

भदौ २६ गतेसम्मको तथ्याँक अनुसार हवाई मार्ग हुँदै स्वदेश फर्किनेहरुमा प्रदेश नं १ का १३ हजार २७ जना रहेका छन् भनें प्रदेश नं ५ का १० हजार २ सय ९७ जना रहेका छन् । यसैगरी प्रदेश नम्वर २ का १० हजार ५ सय जना स्वदेश फर्किएका छन् । गण्डकी प्रदेशका ८ हजार ८२ जना फर्केका छन् भने सुदुर पश्चिम प्रदेशका १ हजार ५ सय ७१ जना तथा कर्णाली प्रदेशका १ हजार ३ सय ८२ जना रहेका छन् । कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा भारतबाट स्वदेश फर्किनेहरुको संख्या ठूलो थियो । तर केन्द्रको यो तथ्याँकमा स्थलमार्ग हुँदै फर्किनेहरुको  तथ्याँक समेटिएको छैन ।

फर्किनेमा सवैभन्दा धेरै युएईबाट

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार यसबीचमा भएका ३ सय ९६ उडान मार्फत फर्केकाहरु मध्ये सवैभन्दा बढी संयुक्त अरव ईमिरेट्स (युएई) बाट फर्किनेहरुको संख्या १७ हजार २ सय ७३ रहेको छ । यसैगरी मलेसियाबाट ९ हजार ५ सय ८९ जना, साउदी अरेवियाबाट ९ हजार २ सय ६ जना तथा कतारबाट ७ हजार ८ सय ७३ जना स्वदेश फर्केका छन् । ओमानबाट ९ सय ७६ जना, दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना, बहराईनबाट १ हजार १ सय २८ स्वदेश फर्केको सो केन्द्रले जनाएको छ ।

क्वारेण्टीनमा बस्नेहरु

स्वदेश फर्केका ६१ हजार मध्ये ४४ हजार ४ सय ८१ जना आफ्नै प्रदेशमा गएको, ४ हजार ७ सय ४ जना होटल क्वारेण्टीनमा बसेको देखिएको छ । यसैगरी ६ हजार ९ सय ६८ जना होम क्वारेण्टीनमा बसेको तथ्यांक छ भने ४ हजार ८ सय ६४ जना स्थानीय तहले सञ्चालन गरेको क्वारेण्टीनमा बसेका छन् । स्वदेश फर्केका मध्ये कुल ६६ जना मात्र अस्पतालमा रहनु परेको सो केन्द्रले जनाएको छ ।

सजग रहन आग्रह

गैरआवासीय नेपाली संघ (एनएआरएनए) ले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश फर्किने भएपनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन् । संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरेका छन् । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित