2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा, १० हजार जनाको भिषा सकियो

असोज २, काठमाडौं । मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड-१९) ले पारेको असर र कामदारका सवालहरू विषयक वेबिनार कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

१९ हजार मध्ये ३५ सय नेपाली स्वदेश फर्किएको कार्यक्रममा जानकारी दिइएको छ । मलेसियामा हाल कार्यरत रहेका मध्ये १० हजार नेपाली श्रमिकको भिषा सकिएको पाइएको समितिले जनाइएको छ । 

प्रवासी नेपाली समन्वय समितिले दिएको तथ्यांक र सरकारी तथ्यांकमा भने फरक रहेको कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले बताए । मलेसियाबाट नेपाल फर्कन १६ हजार ७ सय ७२ जनाले नाम टिपाएको र त्यसमध्ये १० हजार ४ सय ७५ जना स्वदेश फर्किएका उनले बताए । ६ हजार २ सय ९७ जना मात्रै स्वदेश फर्किन बाँकी रहेको सहसचिव घिमिरेले जानकारी दिए  ।

मलेसियामा कार्यरत ७ सय जना कामबाट निकालिएको, तलव नपाएका मध्ये बेसिक तलब पनि नपाएका ५ हजार जना रहेको जनाइको छ । त्यस्तै हाल मलेसियामा न्यून तलब पाएका २ हजार जना, बिरामी भई उपचारका लागि प्रतिक्षारथ १७५ जना रहेको जानकारी दिइएको छ ।

करिव १७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । शंकास्पद ९ जनाको शव मलेसियामा नै दाहसंस्कार गरिएको छ । विभिन्न कारणले मृत्यु भएका करिब ८५ जना मृतकको शव जुन महिनापछि नेपाल पठाइएको जनाइएको छ । 

दुतावासको तथ्यांक अनुसार हाल मलेसियामा ३ लाख  २५ हजार नेपाली कार्यरत रहेका छन् त्यस्तै करिब २५ हजार अवैधानिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु