साउन १३, कतार । कतारको एक प्रतिष्ठित कम्पनीमा कार्यरत स्याङजाका गोपाल रिजाल कतार आएको ७ महिना भयो । घर जाने भनेर तयारीमा लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, कतार । कतारको एक प्रतिष्ठित कम्पनीमा कार्यरत स्याङजाका गोपाल रिजाल कतार आएको ७ महिना भयो । घर जाने भनेर तयारीमा लागि"/>
2026-06-12
काठमाडौँ - KTM

रगत र पसिनासँग साटेको खुसीमा राज्यको आखा नगाडियोस !

साउन १३, कतार । कतारको एक प्रतिष्ठित कम्पनीमा कार्यरत स्याङजाका गोपाल रिजाल कतार आएको ७ महिना भयो । घर जाने भनेर तयारीमा लागि परेका रिजालले घरमा चाहिने आवश्यक घरायसी सामग्रीहरु, आफन्तलाई उपहार घडि र मोवाइल अनि हुर्कदै गरेको छोरालाई केही खेलौनाहरु किनेर राखेको २ महिना भएको छ । यसै महिनाको अन्तिममा छुट्टि जान लागेको  उहाँलाइ एउटै चिन्ता लागेको छ यी सामानहरुको भन्सार तिर्नु पर्ने हो कि हैन । 

गएको साउन १ गतेदेखि सरकारले भन्सार नियम परिर्वतन गरेपछि वैदेशिक रोजगारीमा रहेका रिजाल जस्ता धेरै नेपाली यतिबेला चिन्तित छन । वैदेशिक रोजगारीको क्रममा धेरै नेपालीहरु घर फर्कदा उनीहरु धेरैले इलोक्ट्रोनीक्स सामानहरु रोज्दछन् । वैदेशिक रोजगारीको शिलशिलामा होस या अन्य व्यक्तिगत कामको शिलशिलामा विदेशबाट फर्कदा उपहार मात्र हैन, केहि समान बेच्न पनि ल्याउने चलन छ । त्यसमा सबैभन्दा सजिलो समान हो सुन । सरकारले यस अघि ५० ग्राम सम्म काचो सुन ल्याउन खुला गरेको थियो ।

खाडीबाट ५० ग्रामको सुन लगेर नेपालमा बेच्दा १८ देखि २० हजार रुपैंया सम्म फाइदा हुन्थ्यो । खाडीमा रहेका नेपाली कामदारहरुलाई केही तस्करहरुले भरिया बनाएर सुन भित्राउन थालेपछि सरकारले यस्तो नियम वनाएको हुनसक्ने जानकारहरु बताउँछन् । खाडीका देशहरुबाट सुन तस्करी बढेपछि काचो सुनमा प्रतिबन्ध लगाएको छ भने अन्य सामानहरुमा ४० प्रतिशतसम्म भन्सार लाग्ने उल्लेख गरेको छ ।

'अरवमा रगत र पसिनासँग रियाल साटेका छौं' भोजपुर यामपागंका खगेन्द्र कोइराला भन्नुहुन्छ ‘दुख गरेर कमाएको पैसाले श्रीमतीलाई श्रमतीको रोजाइ अनुसारको गहना बनाउन काचो सुन लिएर जान प्रतिबन्ध लगाउनु सरकारी निकायको कमजोरी हो तस्करी रोक्ने बहानामा श्रमिक नेपालीलाई अनावश्यक दुख दिनु चै जायज होइन । एनसेलले करोडौंको कर छली गर्दा चुप लागेर बस्ने सरकारले रोजगारीमा गएर फर्केका नेपालीहरुको झोलामा आखा लगाउनु दुर्भाग्य हो ।'

५०/५५ डिग्रीको तातो घाममा ज्यान जोखिममा पारेर कमाएको पैसाले घर खर्च जुटाउन लगिने काचो सुनमा लगाइएको प्रतिबन्धले विदेशमा काम गर्ने नेपालीहरु माथि अन्याय भएको छ । २र४ तोला सुन घरायसी प्रायोजनका लागि लैजानेलाई हैन राजस्व छलि गर्ने तस्करहरुको पहिचान गरि कारबाही गर्नुपर्छ भन्नुहुन्छ खोटाङ दिक्तेलका रुद्र आचार्य । उहाँको बुझाइ अनुसार राज्यले श्रमिक कामदारको हकको वैकल्पिक व्यवस्था नहुँदासम्म सरकारले पुरानै नियम लागु गर्नु जरुरी देखिन्छ भन्नु हुन्छ ।

यथेष्ट सुचना र आवश्यक तयारी बिना नै सरकारले खाडी लगायतका देशबाट काम गरेर जाने नेपालीहरुले लैजाने सामानमा गिद्धे दृष्टी लगाउनु नहुने बिचार छ कतारमा बिगत ८ वर्ष देखि कार्यरत धादिङ कल्लेरीका इश्वर शाहीको ।वैदेशिक रोजगारीबाट नेपाल फर्कने कामदारहरुको रोजाइमा विशेष गरेर व्ल्यांकेट, मिक्स्चर, एलसीडी तथा एलइडी टेलिभिजन, मोवाइल सेट, घडी, खेलौना लगायतका सामग्रीहरु किन पर्ने गर्दछन भन्ने कुराको पनि अलग अलग जवाफ छ । काभ्रेका बिलबहादुर तामांगको अनुभव छ  यहाँका व्यापारिक केन्द्रहरुमा समय समयमा लाग्ने अफरहरु, विदेशी सामानहरुको बिश्वास र गुणस्तर । इलोक्ट्रोनिक्स सामानहरुमा बढि चासो हुनुको मुख्य कारण चै नेपालमा भन्दा कम मूल्यमा पाइनु हो । 

नक्कली सामानबाट जोगिन पाईने र यता रियालमा खर्च गर्दा खासै वास्ता नहुने तर नेपालमा गएर रुपैयाँमा खर्च गर्न हिम्मत नआउने भएकाले नै विदेशवाट जादा नेपालीहरुको रोजाईमा यी सामानहरु पर्दछन् ।  बिलबहादुर कै जस्तो अनुभव सिन्धुलीका राजु तामाङको पनि छ । तामाङका अनुसार कम मूल्यमा गुणस्तरीय सामान पाइने भएकाले नै नेपालीहरुको प्रमुख रोजाईमा इलोक्ट्रोनिक्स सामानहरु पर्ने गरेको हुन् । 

सरकारले अहिले तोकेको परिणामभन्दा केही बढी सामानहरुमा भन्सार छुट दिए राम्रो हुने थियो भन्ने यहाका कामदारको माग छ । वैदेशिक रोजागरीको आवरणमा रहेर सुन, ल्यापटप, टिभीहरुको  भन्सार छलेर व्यापार गर्नेहरुको हकमा भने सरकारको यो कदम राम्रो भएको छ ।

तर २ वर्ष या त्यो भन्दा बढि बसेर नेपाल फर्कीएका कामदारहरुलाई भने यो नियमले ुखुत्रुक्कैु पारेको छ । कि त सरकारले नेपाल मै उत्पादन गर्न सक्नु पर्छ हैन भने सरकारले घरायसी प्रायोजनका लागि लगिएको सामान माथि अधिकार जमाउनु हुदैन ।

खाडी र मलेसियाबाट नेपालको त्रिभुवन विमानस्थलमा देखिने डोरीले बाँधेका झोलाहरुमा जति गाँठा रहेका छन त्यती नै दुख र कष्टहरु झेलेका छन् ति प्रबासी नेपाली श्रमिकहरुले । एजेन्ट र म्यानपावरबाट ठगिँदै वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु घर परिवार र आफन्तहरुलाई कोसेली लिएर मुलुक फर्कदा विमानस्थलमा रहेको भन्सार कार्यालयमा राज्यबाट ठगिनु पर्दाको पीडा भनि साध्य छैन ।

सरकारले विदेशबाट फर्किएकाहरुले ल्याएको घरायसी सामानहरु, मोवाइल, घडी, रेडियो, पेनड्राइभ, साउन्ड सिस्टम लगायतका बस्तुहरुमा समेत भन्सार नतिरे जफत गर्ने बताएको छ ।  यसरी जफत गरिएको सामानहरुको रेकर्ड राखिन्छ र त्यो सरकारको ढुकुटीमा जान्छ भन्नेमा बिस्वस्त हुन गाह्रो छ । मोवाइल घडी जस्ता सामग्रीहरु कर्मचारीहरुको आँखा पक्कै लाग्नेछ ।

विप्रेशणको ठूलो हिस्सा मलेसिया र खाडीबाट भित्रने गरेको तथ्यांक केहि दिन पहिले बिश्व बैंकले सार्वजनिक गर्यो । विप्रेशणले राज्य संचालन भइरहेको यो अवस्थामा तिनै विप्रेशण भित्र्याउन योगदान दिने नेपाली श्रमिकहरुलाई राज्यले केही व्यापारीहरुको प्रलोभनमा परेर दुख दिनु न्यायोचीत देखिदैन ।

सरकारले गएको साउन १ गतेदेखि गरेको नया भन्सार नियम परिर्वतनको सुचना पनि धेरै कामदारले थाहा पाएका छैनन् । त्यसैले नियम लागु हुने समय सिमा बढाउन पनि आवश्यक छ । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले ल्याएको सर सामानको विवरण कम्प्युटर सिस्टममा पासपोर्ट नम्बरसहित राख्ने व्यावस्था गर्नु पर्दछ । त्यसरी लिएर आएका सामानहरु के कति समयसम्म ति कामदारहरुले ल्याउन पाउने, अनि कहिले देखि नपाउने समय र सामानको पनि मापदण्ड वनाएर राख्नु पर्दछ । 

राज्यले विशिष्ट र पूर्व विशिष्टहरुलाई सेवा सुविधा बढाउँदै लगेर राज्यलाइ आर्थिक ब्ययभार थोपर्नु भन्दा  वैदेशिक रोजगारीमा रहेर बिदामा घर फर्कन लागेका नेपालीको कोसेलीमाथि नजर लगाउन छाडे राम्रो हुने थियो । 

कुनै पनि बस्तु गैरकानूनी रुपमा भित्रन्छन र त्यसले राज्यको अर्थ व्यावस्थालाई असर गर्छ भने तस्करी रोक्नु पर्दछ र त्यसरी तस्करी गर्ने तस्करहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्दछ । तस्करी रोक्ने बहानामा रोजगारीबाट फर्किएकाहरुले रगत र पसिनासँग साटेर ल्याएको खुसीका पोकाहरुमा आखा लगाउनु हुँदैन । महेश्वर नेपाल/उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले