2026-09-05 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिटुजी प्रक्रियाबाट इजरायल जान पाइने, नेपालीले इजरायाली नागरिक सरह सुविधा पाउने

असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आकर्षक गन्तव्यका रूपमा मानिएको इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको पररषट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नेपाल र इजरायल सरकारको संयन्त्रमार्फत रोजगारीमा पठाउने सकिने गरी सम्झौता हुने उनले बताए । सम्झौता भएलगत्तै नेपाली कामदार सरकारी तबरबाट केयर गिभरमा जान पाउनेछन् । सम्झौता पश्चात नेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने उनले बताए । “अब नेपाली श्रमिक जिटुजी प्रक्रियाबाट रोजगारीका लागि इजरायल जान्छन्”, मन्त्री ज्ञवालीले भने ।

नेपालले इजरायलसँग २०७२ साउनमा नेपालबाट केयर गिभर लैजाने सम्झौता गरेको थियो । सो अनुरुप हाल न्यून संख्यामा मात्रै नेपाली श्रमिक इजरायल गएका छन् । केही वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । 

इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयर गिभर) को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै इजरायल गएका छन् ।

इजरायलको कुल जनसंख्याको करिब २० प्रतिशत मुस्लिम छन् । नेपालसहित फिलिपिन्स, श्रीलंका, भारत, रोमानिया जस्ता देशका श्रमिक इजरायलमा केयर गिभरका रूपमा काम गर्दै आएका छन् । अपांग, अशक्त, मानसिक बिरामी एवं वृद्धवृद्धाको हेरविचार गर्नु केयर गिभरको मुख्य काम हो ।

मध्यपूर्वमा रहेको इजरायल यहुदिको देशका रूपमा चिनिन्छ । यहाँ आफ्नो तोकिएको काम सकेर कोठामा फर्कन पाइँदैन । जुन घरमा काम छ त्यही घरमा खाने, बस्ने, सुत्ने व्यवस्था हुन्छ । केयर गिभरको काम एक प्रकारले अस्पतालका नर्सहरूको जस्तै हो । घरको सरसफाइ गर्ने, खाना बनाउने, आफूले हेरविचार गरिरहेका व्यक्तिहरूलाई बिहान–बेलुका घर बाहिर घुमाउन लाने यी सामान्य कुरा केयर गिभरले गर्नुपर्ने काम हुन् । बिरामीको अवस्थामा उतारचढाव आए एम्बुलेन्स बोलाएर अस्पताल समेत लानुपर्ने हुन्छ ।

केयर गिभरलाई इजरायली भाषामा मेतापेल वा मेतापेलेत भनिन्छ जसको अर्थ हुन्छ काम गर्ने मान्छे । इजरायलीहरू मिजासिला र सहयोगी भावनाका हुन्छन् । आफूलाई काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । आफूलाई अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ । चित्त नबुझे काम छोडेर अर्कै काम गर्न सकिन्छ । प्राय: सबैजसो इजरायली शिक्षित, आधुनिक विचारधाराका हुन्छन् । कडा कानुन भएकाले त्यहाँ महिला हिंसाका कुराहरू सुनिँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल