2026-10-17 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

असोज ७, काठमाडौं । गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो गरिरहेको पाइएको भन्दै यसमा सजग गराएको हो ।

कतारको प्रमुख आकर्षणको रुपमा रहेका कोर्निस लगायतका सार्वजनिक स्थानमा विशेषगरी सप्ताहन्त (शुक्रवार) भेला भई अमर्यादित, उच्छिृंखल र असामाजिक रुपले प्रस्तुत हुने र झैझगडा गर्ने काम नगर्न दूतावासले सचेत गराएको हो । यस्तो गतिविधिमा संलग्न हुने व्यक्ति स्वयंले कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्ने भन्दै दूतावासले यस्ता घटनाले नेपाली समाज र नेपालकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउने ठहर गरेको छ ।

आगामी दिनमा त्यस्ता कृयाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानिय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिहरुलाई स्थानीय कानून बमोजिम कारवाहीका लागि अनुरोध गर्न बाध्य हुने राजदूतावासले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु