2026-10-17 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा एक नेपाली तीन महिनादेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

अनिल अधिकारी | असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि गत पुषमा कुवेत पुगेका तनहुँका बिक्रम गुरुङ गत असार १५ गतेदेखि सम्पर्कबिहिन बनेका छन् । 

कोरोना महामारीका बीच समस्यामा परेका गुरुङले एक सातामा घर आउने जानकारी आफ्नी श्रीमतीलाई दिएका थिए । गुरुङकि श्रीमतीका अनुसार असार १३ गते श्रीमानसँग फोन मार्फत सम्पर्क भएको थियो । सम्पर्कका क्रममा गुरुङले एक सातामा नेपाल फर्कने कोसिस गरिरहेको जानकारी दिएका थिए । 

वैदेशिक रोजगारीकै क्रममा कतारमा रहेका उनका भाई राजिब गुरुङले सम्पर्कबिहिन भएका दाईसँग असार १५ पछि सम्पर्क नभएको बताएका छन् । उनले आफ्ना दाजु हराएको भन्दै खोजीका लागि पहल गरिदीन कतारमा रहेका अर्का नेपाली ललित खड्कासँग आग्रह गरेका थिए । खड्काकै सहयोगमा उनको थप विवरण समेत साझा सबाल मिडियाले प्राप्त गरेको छ ।

स्वीफ्ट गोरखा म्यानपावर मार्फत गत पुषमा कुवेतको ‘Hot Enginering and Construction co मा लेवर पदमा काम गर्ने सम्झौता सहित पुगेका गुरुङको खोजि कार्यको पहलका लागि सम्बन्धित म्यानपावरसँग समेत आग्रह गरिएको छ ।

आफ्ना श्रीमान लामो समयदेखि सम्पर्क बिहिन भएपछि खोजीको लागि गुरुङको श्रीमतीले आग्रह गरेकी छन् । सम्बन्धित देशको नेपाली दुतावास तथा कुवेतमा रहेका संघसंस्थाले सम्पर्क बिहिन बनेका बिक्रम गुरुङको खोजिमा सहयोग गर्ने उनको अपेक्षा छ । गुरुङको अवस्थाबारे जानकारी भएमा ९८१४१६०७००  मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

माथिको तश्वीरमा: कुवेतमा सम्पर्कबिहिन भएका तनहुँका बिक्रम गुरुङ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु