Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

दोहाबाट भएको ४४ औं उडान, तीन महिला सहित १४५ नेपाली स्वदेश फर्किए

By साझासवाल

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण विदेशमा अलपत्र नेपाली स्वदेश फर्कने क्रम जारी छ । यसै क्रममा आज दोहाबाट ४४ औं उडान मार्फत १४५ नेपाली स्वदेश फर्किएका छन् ।

कतार स्थित नेपाली दुतावासका अनुसार कोभिड १९ बाट सिर्जित  असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएका हुन् ।

उनीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्किएको दुतावासले जानकारी दिएको छ ।

दोहाबाट काठमाण्डौका लागि नेपाल  एयरलाइन्सको RA 2392 को उडानमार्फत ३ महिलासहित जम्मा १४५ जना नेपालीहरूलाई नेपाल पठाइएको दुतावासले जनाएको छ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फिर्ता भएका नेपालीहरूको यात्रा सहजिकरण, समन्वयका तथा बिदाईका लागि राजदूतावासबाट डिउटी अफिसरको  उपस्थिति रहेको दुतावासले जनाएको छ ।