2026-10-17 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट घरफिर्तीलाई सहज बनाउन जोड

असोज १०, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ । आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सिर्जना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनःएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर अहिलेको समस्या समाधान गरौँ ।” 

सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पीडामा परेका नेपालीको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।” राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, पूर्वसचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार आजको मूल विषय भएकाले सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीलाई सङ्घ आफैँले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताउनुभयो । उहाँले महामारीको अवस्थामा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । सङ्घका सचिव सचिव आरके शर्मा, सल्लाहकारद्वय टिबी कार्की र यमकुमार गुरुङ, तथा प्रवक्ता डिवी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमा सरकारले गम्भीर चासो व्यक्त नगरेको गुनासो गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु