पढ्न करिब 1 मिनेट लाग्छ

असोज १२, काठमाडौँ | ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ ।

दुवै पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराउनुभएको थियो । रासस