2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण भएको संसदीय समितिको ठहर

असोज १४, काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण रहेकाले जीवन सुरक्षामा चासो व्यक्त गरेको छ ।

समितिले कतिपय रोजगारी गुम्न गई फर्कन नपाएको, कोही अवैध रुपमा गई फर्कन नपाएको र घरेलु कामदारका रुपमा बसेकाहरु पनि विभिन्न यातनाबाट प्रताडित भइरहेका अवस्थामा जीवन सुरक्षामा आवश्यक व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

सिंहदरबारमा आज घरेलु कामदारको सुरक्षासम्बन्धी छलफलमा समितिका सदस्यले त्यसतर्फ सरकारलाई ठोस निर्देशन जरुरी रहेको बताए । छलफलमा सदस्यले रोजगारी गुम्न गई आउन नपाएका कामदारलाई ल्याउनका लागि उडान सङ्ख्या थप्नुपर्ने तथा कल्याणकारी कोषमा रकम जम्मा गरेका मजदूरले म्याद सकिए पनि त्यही रकमबाट उद्धारको आवश्यक व्यवस्था गर्नुपर्ने औँल्याए ।

उनीहरुले मानवबेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने संस्था र व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनेतर्फ पनि निर्देशनका लागि समितिको ध्यानाकर्षण गराएका थिए । त्यसको मतियार भएको पाइएमा राष्ट्रसेवक कर्मचारीलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ ।

गैरकानूनी रुपमा विदेशमा पुगेका नेपालीलाई उद्धार गरी त्यसरी पठाउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने औँल्याइएको छ । समितिका सदस्य देवेन्द्र पौडेलले कामदार कहाँ के गर्दै तथा सेवा सुविधा के भन्ने विषयमा जानकारी प्राप्त गर्ने सकिने गरी आवश्यक व्यवस्था मिलाउन सकिए समस्या निराकरणमा सहज हुने बताए । सेवाशर्तको सुनिश्चितता र पारदर्शी गराई कूटनीतिक अधिकृतसँग नियमित सम्पर्कमा रहन सक्ने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड थियो ।

अर्का सदस्य लालप्रसाद साँवा लिम्बूले दुईवर्षे बीमा गरेका अवस्थामा त्यसको म्याद तीनवर्षे बनाइएकाले पहिलेकै व्यवस्था कायमै राख्न समितिलाई सुझाव दिए । समितिका सदस्य प्रकाश रसाइलीले राजदूतावासमा उद्धार जनशक्ति कमजोर रहेको औँल्याउँदै जनशक्ति बढाउनेतर्फ आवश्यक निर्देशन दिन समितिको ध्यानाकर्षण गराए ।

उनले विदेशमा पुगेपछि कामदारको राहदानी खोसेर राख्ने अवस्था रहेकाले सुरक्षित हुने गरी व्यवस्था मिलाउन र तामिल तथा श्रमसम्झौताको स्पष्ट मापदण्ड तोक्नुपर्ने औँल्याए । कसैलाई सम्पर्क गर्न चाहेमा तत्काल सम्पर्कमा जान सक्ने गरी व्यवस्था मिलाउन सके घरेलु कामदारलाई पीडा कम हुने उनको तर्क थियो ।

सांसद भीमसेनदास प्रधान र सोमप्रसाद पाण्डेयले महिला बढी प्रताडित हुने गरेको सन्दर्भ जोड्दै उनीहरुलाई घरेलु कामदारका रुपमा जान निरुत्साहन गर्नुपर्नेमा जोड दिए । समिति सदस्य विन्दा पाण्डेले कामदारले चाहेमा राहदानी आफैँ राख्न पाउने व्यवस्था लागू गराउनुपर्नेमा जोड दिइन् । उनले विदेशमा कामदार पठाउनुभन्दा स्वदेशमा नै मर्यादित श्रममा परिचालन गर्नेतर्फ सरकारलाई निर्देशन दिन समितिको ध्यानाकर्षण गराइन् ।

छलफलपछि उक्त विषयमा आवश्यक प्रतिवेदन तयार पार्न समितिका सदस्य नरबहादुर धामी, सुजाता परियार र लिम्बूलाई जिम्मा दिइएको छ । तीन सदस्यीय टोलीले मङ्गलबार बस्ने समितिको बैठकमा उक्त प्रतिवेदन पेश गर्ने र आवश्यक छलफलपछि सरकारलाई निर्देशन दिने तयारी समितिको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु