नेपाल र इजरायल बिच समझदारीपत्रमा हस्ताक्षर, पहिलो चरणमा जान पाउनेको कोटा संख्या तोकियो

साझासवाल

मनोज पराजुली ।असोज १४, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार बीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा  हस्ताक्षर भएको छ। इजरायलको राजधानी जेरुसेलमस्थित इजरायलको ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित  एक कार्यक्रमका बिच उक्त सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेश मन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका हुन् । यस फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएसँगै ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेष्ट, निर्माण क्षेत्र लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने अपेक्षा गरिएको छ । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने दुतावासले जनाएको छ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुने जनाइएको छ । नेपालका लागि ईजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर भएपछि केही महिनाभित्रै पहिलो चरणमा ५ सय नेपालीहरु ईजरायल जान पाउने दुतावासले जनाएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था MASHAV को तत्वावधानमा नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन Agricultural Center of Excellence स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि आजै हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।

सम्झौतामा हस्ताक्षर हुनुअघि महामहिम राजदूत डा. अन्जान शाक्य र ईजरायलका परराष्ट्र मन्त्री गाबी आस्खेनाजी बीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो। भेटघाटका क्रममा मन्त्री आस्खेनाजीले नेपालको सौन्दर्यको चर्चा गर्दै नेपालीहरुको कोमलपन र सहनशीलतालाई ईजरायलीहरुले मन पराउने गरेको साथै सधैं नेपाल जान प्रेरित गर्ने गरेको बताए । साथै उनले उच्चस्तरीय भ्रमण तथा सीधा हवाई उडानको आवश्यकता ‌औंल्याएका इजरायलस्थित नेपाली दुतावासले जानकारी दिएको छ । भेटका क्रममा ईजरायल नेपालको पुरानो मित्र रहेको औंल्याउँदै राजदूत डा. शाक्यले आगामी दिनमा दुई देशबीच थप सघन सघन सहकार्य हुने अपेक्षा व्यक्त गरिन् । राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि ईजरायलको कृषि, हस्पिटालिटी, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गरिन् ।

Leave a Comment

Leave a Reply