2026-10-17 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले दियो १०५८ जना नेपाली श्रमिकलाई बहिर्गमन भिसा (नामावली सहित)

असोज १६, काठमाण्डौ । साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो ।

साउदीमा रहेको नेपाली दूतावास अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिसाका लागि साउदी सरकारलाई गरेको अनुरोध अनुसार नै साउदीले बहिर्गमन भिसा दिएको हो । ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि अनुरोध गरेको हो ।

यस भिसाका लागि दूतावासमा झुठो विवरण दिएर बहिर्गमन भिसाका लागि पेश गरेमा र दूतावासको सिफारिस अनुार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । नयाँ बहिर्गमन भिसा जारी भएका ५७ जनाको  नामावली दुतावासले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु