पढ्न करिब 1 मिनेट लाग्छ

असोज १८, काठमाण्डौ । भोलिदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति दिने भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि बन्द भएको सेवा भोलिदेखि सञ्चालन हुने भएको छ ।

कार्यालयले कर्मचारीमा कोरोना देखिएपछी अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो ।

सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ ।

तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।