नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भ"/>
2026-10-15 07:10 AM
काठमाडौँ - KTM

मलेसियामा गुम्यो ज्यान, अधुरै रह्यो छोरालाई डाक्टर बनाउने सपना

नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भन्ने ठाँउमाको एक टाएल बन्ने… इलाई (YI-LAI) कम्पनीमा करिब पाँच बर्षसम्म काम गर्दै आएका पुर्ण तामाङको गएराति सुतिरहेको अबस्थामामै निधन भएको छ । 

मलेसिया आएको करिव पाँच बर्ष नबित्दै उनी घरमा फर्किए तर जिवित हैन, हिडेर हैन, यउटा बन्द बाकसमा, नेपालमा रोजगार नपाउदा बाध्यताले गर्दा विदेश पस्नु परेको थियो । जेन तेन छोराछोरीलाई शिक्षा र खाना दिनलाई पुगेकै थियो । तीन बर्षको छुट्टीमा घर पनि गयका हुन। मान्छेको जातलाई कहिले पुर्णतः हुन्छ र? सन्तानका धेरै रहरहरु थिए, कसैले डाक्टर बन्ने भन्थे त कसैले शिक्षक तर ती सपनाहरु अधुरै रहने भए । जेठो छोरा र माईलो छोराको त उमेर पनि ठूलो भईसकेको छ । तर कान्छो छोरो सानै छन्, खै के हुने हो भोलीको दिनमा । उनले सधैं भन्थे छोराहरुलाई । विदेश पस्न दिलै न जति दुख मैले गरेपनि सन्तानले दुख नपाउन भन्ने चाहेको छु । भन्थे तर खै, म यी शब्दहरु लेख्दै गर्दा मेरो मनपनि भक्कानीएर आउँछ । उनका हजारौं हजार रहर र चाहान हरु अधुरै रहने भए। हामि सँगसँगै काम गर्ने मान्छे , यसरी बाकसमा घर जाँदा कसको मन रुदैन होलार!  एकदमै मिलनसार सहयोगि आफै साथि यसरी मर्दा आज अनौठो लागिरहेको छ । 

साँझमा सँगसँगै खाना खाएर गफगर्दै सुतेका साथि बिहान करिब 6:30 मा बोलाउदा नबिउझदा जिस्कदै ओई आज रेस्टडे (restday) होर भनेर शरिरमा हात राखेको के थिए,,,, चिसो भएको रहेछ । अनि अचानक सबैलाई खबर गरे अनि अत्तालीदै सबै साथिहरु बिउझिए, परदेशीको जीवन भरै हुदो रहेनछ । आज होकि भोलि, मर्नु त पर्छ जन्मेपछि तर ढिलो चाँडो मात्रै फरक हो । आज मिलनसार र आत्मिय साथि गुमाउदा सारै मन दुखेको छ । मनले सोच्दैछ । अब परदेश पसिदैन जस्तो दुख जस्तो बाधा आएपनि स्वदेशमै सामना गरिन्छ । भनेने आँट मनमा जागेको छ। र बिदेश पस्ने सबैलाई अनुरोध कृपया बिदेशमा नआउनु होला… !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने