2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्दिभ्समा रोजगार, लागत साढे दुई लाख, न पुर्व-स्वीकृति चाहिने, न म्यानपावर !

अनिल अधिकारी | असोज २४, काठमाडौँ | कोरोना महामारीको बीच युवाहरुलाई रोजगारीको समस्या थपिएको छ । लामो समयदेखि बैदेशिक रोजगार थलिएको अवस्थामा आन्तरिक रोजगारीकै क्रममा लाखौँ नेपाली युवाहरु बेरोजगार बनेका छन् । 

बेरोजगारीकै पिडाले सताईरहेको बेला एक युवाले सामाजिक संजालको भित्तामा देख्छन् ‘माल्दिभ्सको रिसोर्टमा रोजगारीको अवसर ! पुरा जानकारीको लागि 981835XXXX, 986400xxxx, अनि त्यसैको मुनि कुनै आधिकारिकता बिनाको बिज्ञापन । 

अहिले हजारौं युवाहरु सचेत छन्, यस्ता डिमाण्डमा केहि युवाहरु मात्र बत्तिमा पुतली होमिए झैं होमिने गरेका छन् । सरकारले बैदेशिक रोजगारमा जानको लागि छुट्टै नीति तय गरेको छ । बैदेशिक रोजगारीको लागि कि त आफ्नै तरिकाले विदेशको सम्बन्धित कम्पनीसँग सम्झौता गरेर जान सुरक्षित हुन्छ, अन्यथा कुनै संस्थागत माध्यमबाट जान सुरक्षित हुन्छ । माथिको बिज्ञापन देखेर त्यसैमा होमिदा त्यसले भविष्यमा हुने जोखिमलाई नजर अन्दाज गर्न सकिन्न । यसरी आधिकारिकतानै पुष्टि नहुने गरि बैदेशिक रोजगारीको बिज्ञापन फेसबुकमा देख्दा बैदेशिक रोजगार बिभागको अनुगमन टोली के गरिरहेको छ भन्ने प्रश्न खडा हुन्छ ।

नेपालमा थुप्रै जब सेन्टर छन्, एजेन्ट त कत्ति-कत्ति ! जसलाई सरकारले बैदेशिक रोजगारीमा पठाउन कुनै अनुमति दिएको छैन । साथै बैदेशिक रोजगारको नीति अनुसार कसैले कुनै आधिकारिकता पाएको म्यानपावरको नाम बिना बैदेशिक रोजगारको सूचना दिने समेत अधिकार हुँदैन । तर नेपालमा यसरी विज्ञापन दिने र एजेन्ट हावी हुन भने छाडेको छैन । सरकारी निकायको अनदेखाकै फाइदा लुट्दै पछिल्लो पटक कुनै लट नम्बरको जानकारी वा आधिकारिक म्यानपावरको नाम बिनानै फेसबुक/भाईबर/ह्वाट्सएप मार्फत बैदेशिक रोजगारीको खुलम्-खूल्ला बार्गेनिङ भईरहेको छ । जसले युवाहरुलाई यसअघिनै अरवौंको मागदावी भएको अवस्थामा हालको महामारीको विषम परिस्थितिमा समेत  रोजगारीको नाममा ठगिको जोखिम बढ्दै गएको छ । 

एक युवाले साझा सबाल मिडियालाई फोन गरेर सोधे- ‘माल्दिभ्सको रोजगारी भन्छ, साढे २ लाख मागेको छ, के माल्दिभ्स जान यत्रो पैसा लाग्छ ?’ बुझ्दै जाँदा माल्दिभ्स पठाउने भन्दै साढे दुई लाखको बार्गेनिङ गर्ने व्यक्ति/संस्थासँग बैदेशिक रोजगारीमा पठाउने आधिकारिकता छैन । आधिकारिकतानै नभएको व्यक्तिले बैदेशिक रोजगारीमा पठाउँदा उक्त युवाको लगानी बालुवामा पानी सरह पोखिन पनि सक्छ । त्यसो त आधिकारिकता नै नभएको स्रोतलाई विश्वास गर्दा त्यसको परिणाम जे पनि भोग्न तयार रहनुपर्ने हुन्छ । हामीले सम्बन्धित युवासँग उक्त बिज्ञापन र रोजगारीमा पठाउँछु भन्ने संस्थाको पुरा विवरण माग्यौं । 

बिज्ञापनमा सरकारले बैदेशिक रोजगारीमा पठाउन अनुमति दिएको लाइसेन्स नम्बर छैन । त्यति मात्र होइन कम्पनी रजिस्टार कार्यालयको दर्ता नम्बर समेत छैन । कम्पनीनै हो भने पनि सबै कम्पनीलाई बैदेशिक रोजगारमा पठाउने अनुमति नहुन सक्छ । किन कि वैदेशिक रोजगार बिभागले अनुमति नदिएका सबै कम्पनीलाई बैदेशिक रोजगारीमा पठाउने अनुमति हुँदैन । 

साथै, कसैले दिएको सूचनामा आधिकारिकता आफैले खोज्नुपर्छ । उक्त बिज्ञापन सहि छ छैन ? म्यानपावरको नाम, बैदेशिक रोजगार बिभाग अन्तर्गत श्रम कार्यालयले पुर्व स्वीकृति दिएको छ/छैन ? ल्याण्डलाइन नम्बर छ छैन ? सबै हेर्नुपर्छ । बैदेशिक रोजगारीको सहि बिज्ञापन त्यस्तो हुन्छ जसमा बैदेशिक रोजगार बिभागले दिएको पुर्वस्वीकृति अनुसारको लट नम्बर उल्लेख हुनुपर्छ । साथै आधिकारिक लाइसेन्स प्राप्त म्यानपावरको नाम उल्लेख हुनुपर्छ ।

सरकारले हाल एजेन्ट व्यवस्था समेत खारेज गरेको अवस्थामा बिना आधिकारिकता युवाहरुलाई आकर्षित गरि आफूतिर तान्नेहरुले भविष्यमा बैदेशिक रोजगार बिभागमा ठगि र पिडितहरुको उजुरीको चाङ देखिने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु