2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवसन नीतिबारे पुनर्विचार गर्न विज्ञहरुको सुझाव

असोज २६, काठमाडौँ । नेपालको आप्रवसनको बारेमा अध्ययन गरिरहेका  अनुसन्धानकर्ता, प्राज्ञ तथा संस्थाहरुले कोभिड-१९ को परिप्रेक्ष्यमा नेपालले आप्रवसन नीतिबारे पुनर्विचार गर्नु पर्ने सुझाव शुक्रबार आयोजित  एक  अन्तराष्ट्रिय  भर्चुअल सम्मेलनमार्फत  दिएका छन् छन् ।  

उनीहरुले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई एक अवसरको रुपमा उपयोग गर्दै नेपालको आप्रवसनका लागि एक मार्गचित्र तयार गर्न आह्वान पनि गरे ।  सम्मेलनमा सहभागीहरुले नेपालले आप्रवसनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदमहरु चाल्नु पर्ने सुझाव पनि दिएको छ।

नेपाल पलिसी इन्स्टिच्युट लगायतका चार ओटा संस्थाहरुद्वारा शुक्रबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै पूर्व राजदूत तथा सेन्टर फर डिप्लोमेसी एण्ड डिभेलपमेन्टका अध्यक्ष मोहन कृष्ण श्रेष्ठले सरकारी नीति तथा नियम हरुको कडा पालना गरेर मात्रै आप्रवासी श्रमिकहरुको रक्षा गर्न सकिने बताउनु भयो।  उहाँले आप्रवासी श्रमिकहरुको हित रक्षा गर्न राज्यले श्रमिक भर्ती गर्ने संस्थाहरुलाई जवाफदेह बनाउनु पर्ने जनाउनु भयो।  

“आप्रवसनबारे पुनर्विचार: आजको आवश्यकता” विषयक अन्तरक्रियामा भाग लिंदै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले  विदेशबाट फर्केका नेपालीहरुसंग रहेको सीप र अनुभवलाई उपयोग गर्दै कृषि तथा विकासका अन्य आयोजना हरुमा संलग्न गराउने नेपाल सरकारको नीति रहेको बताउनु भयो । उहाँले  आप्रवासन सम्बन्धी योजना तथा नीति बनाउने काममा सघाउन प्रवासमा रहेका संस्थाहरुलाई आग्रह पनि गर्नु भयो।

आफ्नो संस्थाले हालै गरेको एक अध्ययनलाई उद्धृत गर्दै  नेपाल पलिसी इन्सटिच्युटका अध्यक्ष खगेन्द्र ढकालले नेपाल फर्की रहेका झन्डै ७० प्रतिशत नेपाली कामदारहरु सरकारले उनीहरुका लागि के कस्तो योजना बनेको छ भन्ने थाहा नभएको बताएको जनाउनु भयो । उहाँले नेपालले आप्रवसनलाई देश विकाससंग जोड्न नसकेको बताउंदै उहाँले आप्रवसनलाई देश विकासको एक सकारात्मक औजारको रुपमा हेर्न आग्रह पनि गर्नु भयो। अध्यक्ष ढकालले आप्रवसन नेपालीहरुको  जीविकाका लागि वाध्यता न भएर एउटा छनोटको विषय हुनु पर्ने बताउनु भयो।  उहाँले आप्रवासी श्रमिकहरुलाई ‘आप्रवासी चक्र’ को प्रत्येक चरणमा शोषण गर्ने गरिएको बताउंदै त्यस्तो शोषणको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियाबारे जानकारी नहुनु नै भएको बताउनु भयो।

नेपाली आप्रवासनबारे अध्ययन गरेकी समाजशास्त्री डा. मिना पौडेलले कोभिड-१९ का कारण विदेशमा काम गरिरहेका सबै नेपाली हरु फर्कन्छन् र उनीहरु नेपालका लागि बोझ हुन्छन् भनेर सोच्नु गलत हुने बताउनु भयो।  उहांले आप्रवासन एक विश्वव्यापी, मानवीय, सामाजिक तथा विकास प्रक्रिया भएकाले कोभिड-१९ मत्थर भए पछि वा खोप पत्ता लागे पछि नेपाल फर्किएका नेपालीहरु फेरी कामको खोजिमा विदेशिने बताउनु भयो।  उहाँले आप्रवासीहरुले पाएको दुखको कुरा गर्दा आप्रवासन सुशासनको पक्ष बिर्सन नहुने बताउनु भयो।  डा. पौडेलले आर्थिक, सामाजिक तथा राजनीतिक जोखिमहरुले गर्दा आप्रवासी कामदारहरु मानव बेचबिखनको शिकार हुन सक्ने तथा दासमा परिणत हुन सक्ने खतराबारे समयमै सजग रहन पनि सुझाव दिनु भयो।

बेलायतको युनिभर्सिटी अफ एडिनबरासंग आवद्ध अनुसन्धानकर्ता डा जीवनराज शर्माले नेपालको आप्रवसन नीति विरोधाभाषपूर्ण रहेको बताउनु भयो । “हामी एकातिर देश भित्रै रोजगारी सिर्जना गर्ने भन्छौँ, अर्कोतिर भटाभट कैयौं देशहरुसंग श्रम सम्झौता गरिरहेका छौं।  हामी सस्तो श्रम आपूर्ति गरेर रमाई रहेका छौं।  तर हामीले के बिर्सनु हुंदैन भने जब ती श्रमिक वृद्ध, बिरामी वा मृत्यु भएर नेपाल फर्कन्छन्, त्यसको मूल्य राज्यले, समुदायले र परिवारले व्यहोरीरहेको हुन्छ,” उहांले भन्नु भयो।

एनपीआइकी सदस्य तथा आप्रवसन सम्बन्धि जानकार शरु जोशीले नेपाली कूटनीतिक निकायहरुले सामूहिक सौदाबाजी र कम्पनीहरुको सामाजिक उत्तरदायित्वबारे पनि ध्यान दिनु पर्ने बताउनु भयो।  उहाँले आप्रवासी समस्याहरुलाई सम्बोधन गर्न एकद्वार नीति बनाउन सुझाव दिनु भयो।

कार्यक्रममा मलेसियामा नेपाली आप्रवासी कामदारहरुको हितको लागि काम गरिरहनु भएकी सपना बस्याल तथा कतारस्थित लेखक मोहम्मद रमजान अलि मियाँले त्यहाँ नेपाली कामदारहरुको स्थितिमाथि प्रकाश पार्नु भएको थियो।

समेलनमा अमेरिका , युरोप , अस्ट्रेलिया , एशिया बाट विभिन्न संघ सस्था र  व्यक्तिहरुले भाग लिएका थिए। आयोजक मध्येको अर्को सस्था नेमुनका अध्यक्ष जनक राज सापकोटाले प्रस्तोताहरु र सहभागी हरुलाई धन्य बाद दिदै कार्यक्रम को समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु