2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर कम्पनी कुन राम्रो कुन नराम्रो भनेर छुट्याउने कार्य चुनौतिपूर्ण’

असोज २६, काठमाडौँ ।  नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) द्धारा माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) को विषयमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा एक छलफल कार्यक्रम आयोजना गरिएको छ । वैदेशिक रोजगारलाई मर्यादित तथा सुरक्षित बनाउन अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले विभिन्न देशका ट्रेड यूनियनहरुसँगको सहकार्यमा माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर सञ्चालन गर्दै आएको छ ।

सो छलफलमा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले यो अवसर र चुनौति दुवै भएको धारणा राखे । उनले वैदेशिक रोजगारमा संलग्न कुन ईजाजतपत्रवाला संस्था (मेनपावर कम्पनी) राम्रो र कुन नराम्रो भनेर छुट्याउनु चुनौतिपूर्ण काम भएको बताए । तर यो जरुरी कार्य भएको भन्दै यसलाई पूर्व प्रस्थान अभिमुखिकरण तालिमको सहयोगि हुन सक्ने भन्दै यसका लागि सहकार्य गर्न आफू तयार रहेको कार्यकारी निर्देशक श्रेष्ठको भनाई थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले रोजगारीका लागि नेपाली श्रमिक जाने मुलुकहरुलाई त्यहाँको श्रम कानुन, सामाजिक सुरक्षामा विदेशी श्रमिकको संलग्नता लगायतका आधारमा वर्गिकरण गर्नु उचित हुने भन्दै नेपाली आप्रवासी श्रमिकको सामाजिक सुरक्षामा संलग्नताका विषयमा ट्रेड यूनियनहरुले भूमिका खेल्न आग्रह गरे । उनले मलेशियाले सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) मा विदेशी श्रमिकलाई सहभागि गराउन थालिसकेको र हालसम्म १ लाख २५ हजार नेपाली श्रमिक त्यसमा सहभागि भएको जानकारी दिए । रोजगारदाताले मात्र रकम तिर्नुपर्ने सो कार्यक्रमबाट श्रमिकले राम्रो लाभ प्राप्त गर्न सक्ने उनको भनाई थियो ।


कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ को महामारीका कारण नेपाल फर्किने श्रमिकको संख्या ठूलो हुने तर केहि समय पश्चात भनें पुनः पुरानै लयमा फर्किने विचार प्रकट गरे । उनले विदेशमा अलपत्र परेको नेपाली श्रमिकलाई स्वदेश फर्काउन विभिन्न जिम्मेवार निकायबीच नै प्रभावकारी समन्वय हुन नसकेको गुनासो गरे ।

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले सहकार्यमा विश्वास गर्ने भन्दै सहकार्यको माध्यमबाट नै बढी उपलव्धी हासिल गर्न सकिने बताए । उनले विगतमा वैदेशिक रोजगार, गैरसरकारी निकाय लगायतलाई हेर्ने जिफन्टको दृष्टिकोण फरक भएपनि त्यसमा परिवर्तन भइसकेको र ट्रेड यूनियन, सरकार, गैरसरकारी संघसंस्था, नीजि क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखे ।

अध्यक्ष श्रेष्ठले जिफन्टले हङकङबाट सुरु गरेको प्रवासको कामलाई व्यवस्थीत रुपमा अगाडी बढाइएको भन्दै जुन देशमा नेपाली श्रमिक काम गर्छन्, त्यहि मुलकमा रहेको स्थानीय ट्रेड यूनियनको सदस्य बनाउने र उनीहरुलाई अधिकार दिलाउने मोडालिटी अपनाइएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले भने, जहाँ समस्या हुन्छ, त्यसको समाधान पनि हुन्छ र जहाँ चुनौति छ त्यहाँ सम्भावना पनि हुन्छ । उनले प्रवासी श्रमिकको अधिकारका लागि हातेमालो गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) का अध्यक्ष अशोक रानाले समस्या मात्र खोज्ने नभई समस्याको समाधानका लागि पनि एकत्रित प्रयास हुन आवश्यक भएको धारणा राखे । उनले आप्रवासी श्रमिकका पक्षमा सवै सम्वद्ध निकाय एक हुन जरुरी रहेको बताए ।

कार्यक्रममा जिफन्ट महासचिव जनक चौधरीले सन् २०१६ देखि आइटीयूसी र जिफन्टको सहकार्यमा सञ्चालित माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) लाई अझ प्रभावकारी बनाउन विभिन्न पक्षहरुसँग धेरैपटक छलफलहरु आयोजना गरिसकिएको जानकारी दिए ।

सो अवसरमा पिपुल फोरमका अधिवक्ता कृष्ण न्यौपाने, प्रवासी नेपाली समन्वय समितिका निर्देशक सोम प्रसाद लामिछाने, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अण्टुफ) का दुर्गा प्रसाद खतिवडा, नेपाल ट्रेड यूनियन काँग्रेसको माइग्रेण्ट कमिटीका सचिव लक्ष्मण अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेस आवद्ध काउनका महासचिव प्रदीप आचार्य, नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका अध्यक्ष भीम ज्वाला राई, क्यूपेक नेपालका महासचिव गोपाल कार्की लगायतले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ