2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा पुनः आवागमन प्रतिबन्ध आदेश

असोज २८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि केहि  शहरमा पुनः आवागमन प्रतिबन्ध आदेश जारी भएको छ । 

मलेसियामा स्थानीय समय सोमबार राति १२ बजेदेखि लागू हुने गरी राजधानी क्वालालम्पुर, प्रमुख प्रशासनिक क्षेत्र पुत्राजया, राजधानीको छिमेकी शहर सेलङ्गोर र सवाहमा आवागमन नियन्त्रण आदेश जारी भएको हो । यी क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयहरु पनि बन्द भएका छन् ।

मंगलवार ६ सय ६० जना संक्रममित फेला परेको मलेसियामा हालसम्म संक्रमितको संख्या १६ हजार ८ सय नाघेको छ । आवागमन निषेध आदेश जारी गरिएका क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँ जान पाइने छैन । अस्पताललगायतका अत्यावश्यक सेवाका लागि जानु परेमा प्रहरीको अनुमति लिनु पर्ने छ ।

स्वदेशीसहित आप्रवासी कामदारहरु भने साथमा परिचयपत्र राखेर एक ठाउँदेखि अर्को ठाउँ जान पाउने दि स्टार अनलाइनले जनाएको छ । पछिल्लो आवागमन नियन्त्रण आदेश अक्टोबर २७ तारेखसम्म जारी रहने बताएइको छ । मलेसियामा मार्च १८ बाट लागू भएको आवागमन आदेश जुन ६ पछि खुला भएको थियो । त्यसपछि औद्योगिक प्रतिष्ठान तथा व्यापारिक मलहरु खुला भएको थियो ।

त्यस्तै विद्यालयहरु पनि दुई हप्ताका लागि बन्द भएका छन् । प्रधानमन्त्री मुहद्धिन यासिनले जनताको जीवन रक्षाका लागि दोश्रो पटक आवागमन नियन्त्रण आदेश जारी गर्नुपरेको बताएका छन् । 

नेपालकै हाराहारीमा जनसंख्या रहेको मलेसियाले लामो समयदेखि कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा राखेको छ । मलेसियामा कुल संक्रमितमध्ये ११ हजार ३ सय ७२ जना निको भइसकेका छन् भने १ सय ६३ जनाको ज्यान गएको छ । कोरानो संक्रमणको बीचमा पनि उत्पादन तथा निर्माण क्षेत्रलाई सञ्चालन गरिरहेको मलेसियाले कोरोना संक्रमणलाई रोक्न विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । 

एक लाख पचास हजारभन्दा बढी कोरोना संक्रमित भएका २५ मुलुकका नागरिकहरुलाई यात्रा प्रतिवन्ध लगाएको मलेसियाले करिब सवा लाख संक्रमित रहेको नेपाललाई भने यात्रा प्रतिबन्धको सूचीमा समवेश गरेको छैन । यात्रा प्रतिवन्ध लगाइएका मुलुकका कामदारसहित कोही पनि मलेसिया प्रवेश गर्न पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु