2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको प्रलोभनमा सरकारी कर्मचारी ठगिए, ठगेपछि यस्तो धम्कि !

अनिल अधिकारी | कात्तिक २, काठमाडौँ | वैदेशिक रोजगारमा व्यक्तिगत ठगिका उजुरी बढ्दै गर्दा एउटा फरक घटना भेटिएको छ । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाउने प्रलोभनमा परि एकजना बहालवाला सुरक्षाकर्मीले प्रमाण सहित आफू ठगिएको गुनाशो गरेका छन् । 

दुई बर्षअघि एकजना साथी मार्फत पोल्याण्ड जान पाउने आशामा एक एजेन्टलाई १ लाख  रुपयाँ अग्रिम बुझाएका एक सुरक्षाकर्मी ठगिएका हुन् । उनले दिएको सूचनाको आधारमा उनको नाम गोप्य राखिएको छ । आफै सरकारी कर्मचारी भएर वैदेशिक रोजगारीमा जान प्रयास गरेको कारण आफैलाई कारवाही हुने हो कि भन्ने उनलाई डर देखाइएको छ । यही डर देखाएर एजेन्टले अरु सरकारी कर्मचारीलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

पिडितले साझा सबाल मिडियाको सुझावका आधारमा दशैंपछि वैदेशिक रोजगार विभागमा उजुरी दिने तयारी गरेका छन् । पिडितले गुनाशो गरे ‘पोल्याण्ड पठाउने भन्दै पैसा लियो, अहिले पैसा माग्दा सिधै दिन्न भन्छ, आफूलाई उजुरी दिँदा उल्टै आफैलाई मुद्दा लाग्ने धम्कि दिन्छ ।’ पीडितले सुनाए -‘एजेन्टले सरकारी बहालवाला कर्मचारीले वैदेशिक रोजगारको लागि किन आवेदन दिएको ? भन्दै उल्टो आफैलाई मुद्दा लाग्ने धम्कि दिएको छ ।’ पिडितले भने ‘उसले सरकारी बहालवालालाई हुँदै नभएको प्रलोभनमा पारेर यसैगरि पैसा अशुली गर्ने धन्दा चलाएको रहेछ । पैसा फिर्ता माग्दा एजेन्टले उल्टो आफैलाई मुद्दा हालिदिने धम्कि दिएको छ ।’ 

पिडितले प्रमाण चाहिन्छ भन्ने बुझेर पैसा बुझाएको प्रमाण समेत राखेका छन् । पिडितले सम्बन्धित एजेन्टलाई पैसा बुझाउदा निकै सावधानी अपनाएका छन् । वैदेशिक रोजगार प्रयोजनका लागि पैसा लिएको प्रमाणित गर्न उनले पैसा बुझाएको बैंक रसिदमै ‘Deposit for foreign employment purpose (Poland)’ लेखेका छन् ।

यसरी प्रयोजन खुलाई वैदेशिक रोजगारीमा जाने क्रममा पैसा बुझाउदा पछि कुनै धोका भए उजुरी दिन सहज हुने आफूलाई जानकारी रहेको उनले बताए । आफू सरकारी बहालवाला कर्मचारी रहेको कारण पिडित बनेको दुई बर्ष बितिसक्दा पनि उजुरी दिन नसकेको उनले बताए । पिडितले आफ्नो समस्याबारे अर्का एकजना वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका एजेन्टसँग बुझ्दा उनले समेत आफैलाई मुद्धा लाग्न सक्ने भन्दै डर देखाएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु