2026-10-17 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डको अत्यन्त जरुरी सूचना

कात्तिक १७, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमा नै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकतालाले सान्त्वना/राहत वापतको रकम बुझ्न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारणले अन्तराष्ट्रिय उडान बन्द भई शब नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारहरूका हकवालालाई बोर्डको सचिवालयबाट नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप रू पचास हजार रूपैया उपलब्ध गराउने निर्णय वोर्डले गरेको थियो । 

सोहि बमोजिम राहत रकमका लागि मृतक कामदारका हकवालाले सम्बन्धित नेपाली राजदुतावासले जारी गरेको मृतक कामदारहरूको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि “क बर्गको वैक खाताको प्रमाणित निस्सा लगायत तोकिए बमोजिमको अन्य कागजातहरू संलग्न राखी वैदेशिक रोजगार बोर्डको सचिवालयको इमेल [email protected] मा आवेदन गर्नुहुन वोर्डले अनुरोध गरेको छ । 

साथै, विदेशमा दाहसस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरूको नामावली र निवेदनको ढाँचा यस बोर्ड सचिवालयको वेभसाइट www.fepb.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिने वोर्डले जनाएको छ । थप जानकारीको लागि श्रम कलसेन्टरको ११४१ वा सचिवालयको फोन नं. ०१-४२२०३११, ०१-४२२०५६७ मा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन वोर्डले  अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु