2026-10-17 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले मागपत्र प्रमाणीकरणका नगरेपछि श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो

कात्तिक १९,  काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई मंगलबार पत्राचार गरेको हो । 

विदेशस्थित नेपाली दूतावासहरुले कोरोना महामारीकाबीच कुनै पनि मागपत्र प्रमणीकरण नगरेको भन्दै आजकै मितिदेखि मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न श्रम मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको हो। मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ। 

विदेशबाट रोजगारदाताले नेपाली कामदार माग गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण खुलाउन गर्दै आएको छ | नेपाली श्रमिकहरुको मुख्य गन्तव्य खाडीका मुलुकहरु र केहि यूरोपका देशहरुबाट कामदार लिनका लागि ठुलो संख्यामा माग आएकोले मागपत्र प्रमाणीकरण खुलाउन माग गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए 

। नेपाली श्रमिक लिन रोजगारदाता इच्छुक भएपनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्नसक्ने भएकोले यसतर्फ सरकारको ध्यानाकर्षण गरिएको उनको भनाई  छ | 

कोरोना महामारीका कारण केहि समय बन्द भएपनि अहिले खाडीका देशहरुमा आर्थिक गतिविधि बढ्न थालेको भन्दै ति देशहरुबाट कामदारको माग आउन् थालेको संघले बताएको छ | सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । 

सरकारले भदौ १४ देखि वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेपनि खाडी मूलुकमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम सुरु गरेका छैनन् | संस्थागत रुपमा मलेसिया सहित खाडीका देशबाट बढी मात्रामा डिमाण्ड आउने भएकोले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न पटक पटक दुतावासको ध्यानाकर्षण गरेका थियौं तर हाम्रो मागबारे दुतावासहरुले टेरेनन् संघका महासचिव श्रेष्ठले भने ‘संघले मागपत्र प्रमाणीकरण तत्काल खुलाउनको लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम रायाको ध्यानाकार्षण गरेका छौं  |’  संघको ध्यानाकर्षण पश्च्यात श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु