2026-10-17 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृति दिने कार्य ठप्प भएको छ । विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आज बिहानै देखि श्रम स्वीकृति लगायतका अनलाइनबाट हुने सम्पूर्ण कार्य गर्न नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालयका निर्देशक एवं सूचना अधिकारी छत्र बहादुर शाहले साझा सबाललाई जानकारी दिए ।

आज बिहानै देखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको छ निर्देशक शाहले भने ‘विभागको आइटी टोलीले काम गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको छु ।’ प्राविधिक टोलीले काम गरिरहनुभएको छ वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि नेउपानेले भने ‘ प्राविधिक काम भएकोले कति बेलाबाट पुन: सेवा शुरु हुन्छ भन्न सकिंदैन ।’ प्राविधिक समस्या समाधान हुनासाथ श्रम स्वीकृति लगायत अनलाइनबाट हुने सबै सेवा पुन: शुरु गरिने उनले बताए ।

सरकारले २०७५ असोज १५ देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको थियो । यो सूचना प्रणालीमा पटक पटक प्राविधिक समस्या आउँदा सेवाग्राहीले हैरानी व्यहोर्दै आएका छन् । 

यसैविच कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो । विभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु