2026-10-17 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र परेका नेपालीहरुका लागि जरुरी सूचना

कार्तिक २५, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया गएर त्यँहाका विभिन्न स्थानमा कार्यरत स्वदेश फर्कन चांहने नेपाली नागरिकहरु बहिर्गमन भिसाका लागि नि:शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भई रोकिएकाहरुले भिसाको लागि आवेदन दिन पाउने भएका हुन् । दूतावासले एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेभित्र दूतावासको ह्‌वाट्स एप नम्वर (०५०००२१४०९) मा आफ्नो कागजात पठाउन अनुरोध गरेको हो |

कम्पनीबाट बहिर्गमन भीसा लाग्ने प्रक्रियामा रहेकाहरुले भने यसका लागि कागजात नपठाउन दूतावासले अनुरोध गरेको छ। बहिर्गमन भिसाका लागि निवेदन दिन पासपोर्टको कपी (आफ्नो फोटो टाँसिएको पाना), इकामाको कपी  (आफ्नो फोटो भएको पट्टि), सुरुदेखि नै इकामा नबनेको भए पासपोर्टमा लेखिएको बोर्डर नम्बर (पासपोर्टमा अरेबिक भाषामा लेखिएको नम्बर) र आफ्नो सम्पर्क नम्बर (ह्‌वाट्स एपमा भएको नम्बर ) चाहिने पनि दूतावासले जनाएको छ ।

यस्तो कागजात पठाउँदा आफ्नो इकामाको अवधि समाप्त भएको हुनुपर्ने पनि दूतावासले जनाएको छ । इकामाको म्याद रहेको भए पनि कम्पनीले हुरुब लागेकाहरुले माथिको विवरण पठाउन सकिने तर कुनै मुद्दा मामिला परेको अवस्था भए सोको टुंगो नलागेसम्म यस्तो बहिर्गमन भिसा नलाग्ने पनि दूतावासले जनाएको छ | साथै बहिर्गमन भिसाको सम्पूर्ण प्रक्रिया नि:शुल्क भएको समेत दूतावासले जानकारी गराएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु