2026-10-16 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको रोजगारीमा सिण्डिकेट : ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न संसदिय समितिको निर्देशन

कात्तिक  २५, काठमाडौँ । व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सिमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ । समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको सोमवार बसेको बैठकले ति कम्पनीहरु संगठित भई एकाधिकार कायम गरेको निवेदन समितिमा परेको भन्दै सो सम्वन्धमा के भएको हो स्पष्टीकरण सोधी विस्तृत छानविन गर्न र अनुसन्धान गरी सत्यतथ्य विवरण सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिमा निवेदन दिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन ।

यसअगाडी कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरुको सूचि बनाइएको समाचार सार्वजनिक भएको थियो । यसमा नेपालस्थित कतारी दुतावास र कतार भिषा सेन्टरको नाम जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु