2026-10-17 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार रोजगारीमा सिन्डिकेट’ : छानबिन गर्न विभागका महानिर्देशकको नेतृत्वमा ५ सदस्यी समिति गठन

कार्तिक २६, काठमाडौँ । कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानविन गर्न भन्दै संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको हो। मन्त्रालयद्वारा गठित समितिले सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

नेपालबाट कतारमा श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भई सिण्डीकेट गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले यस विषयमा स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धानसहितको प्रतिवेदन ७ दिनभित्र बुझाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो।

यसअगाडी कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरुको सूचि बनाइएको समाचार सार्वजनिक भएको थियो । काठमाडौंस्थित कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गरिएको जनाउँदै वैदेशिक रोजगारी व्यवसायीहरुले पनि त्यसको सत्यतथ्य छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु