2026-10-16 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सरकारले कुनै पनि एकाधिकार स्वीकार गर्दैन: कतारी राजदूत

कात्तिक २७, काठमाण्डौ | नेपालका लागि कतारी राजदूत यूसुफ विन मोहम्मद अल हैलले कतार रोजगारीमा कुनै पनि एकाधिकार स्वीकार नगर्ने बताउनुभएको छ ।

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे र महासचिव सुजितकुमार श्रेष्ठसँग भएको भेटमा कतारी राजदूत मोहम्मदले कतार सरकारले कुनै पनि एकाधिकारलाई स्वीकार नगर्ने बताउनुभएको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

राजदूत मोहम्मदले कतार रोजगारीमा १७ म्यानपावर कम्पनीले सिण्डिकेट गरेको र त्यसमा नेपालस्थित कतारी दूतावासको पनि मिलेमतो भएको भन्दै प्रकाशित समाचारहरुमा सत्यता नभएको बताउनुभएको छ ।

कतारमा नेपाली श्रमिकलाई रोजगारीमा पठाउन विभिन्न १७ म्यानपावर कम्पनीले सिण्डिकेट कायम गरेको भन्दै म्यानपावर व्यवसायीले नै विरोध गर्दै आएका छन् । व्यवसायीले संसदको श्रम समितिमा समेत उजुरी गरेका छन् ।

समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यस सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ भने मन्त्रालयले थप छानविनका लागि समितिसमेत गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु