2026-10-17 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

कार्तिक २८, काठमाडौँ | आगामी मंसीर ५ र १२ गते शुक्रबार तदनुसार २० र २७ नोभेम्बर २०२० का दिन साउदीको रियाद स्थित नेपाली राजदूतावास खुला रहने भएको छ | 

राहदानी नविकरणका लागि दैनिकरुपमा राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या बढ्नेक्रम रहेको र  साउदी अरबमा कोभिड-१९ संक्रमणको महामारी कायमै रहेको अवस्थालाई मध्यनजर गरी  भिडभाड कम गर्ने उद्देश्यले मंसीर ५ र १२ गते राजदूतावास खुला रहने भएको हो |

दूतावासबाट पहिले प्रकाशन गरिएका सूचना अनुसार राहदानी नविकरणको लागि अनलाइन फारम  https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट भरी पठाउनु हुने सेवाग्राहीहरूको सुविधाका लागि निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरु (दमाम, जुवेल, अलहासा, हाफरअलबातेन, हायल, अलकासिम लगायत अन्य स्थानहरु) मा अस्थायी कार्यालय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन गर्ने कार्यक्रम रहेकोले राहदानी नविकरण गर्नुपर्नेहरूले छिटो अनलाइन फारम भर्नुहुन समेत अनुरोध गरिएको छ |

आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने मिति पछि जानकारी गराइने दुतावासले बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु