पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर २, काठमाडौं | </b>युएई सरकारले भिषा अवधि सकिएर अवैधानिक रुपमा युएईमा बसेका विदेशी नागरिकहरुलाई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ |<br></p><p>गत मार्च १, तारिख भन्दा अधि भिषाको म्याद सकिएको विदेशी नागरिकलाई यूएई सरकारले (आज) अर्थात् १७, नोभेम्वर २०२० सम्म तोकेको आम माफी ३१ डिसेम्बर २०२० सम्मको लागि बढाएको हो |</p><p>त्यस्तै ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु 'वर्क परमिट' र 'इमिरेटस आइडी' मा लाग्ने फाइन समेत माफ हुने जनाइएको छ | उक्त नियम पश्चात युएइमा अवैधानिक रुपमा बसेका धेरै नेपालीहरुले पनि फाइदा लिन सक्ने छन् |</p>

