साउन १७, काठमाडौं । वैशाख ३० गते दिउँसो साढे ४ बजेतिर बद्रीनारायण मुखियाको फोनको घण्टी बज्यो । फोनमा श्रीमतीको आवाज सुनेर बद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । वैशाख ३० गते दिउँसो साढे ४ बजेतिर बद्रीनारायण मुखियाको फोनको घण्टी बज्यो । फोनमा श्रीमतीको आवाज सुनेर बद्"/>
2026-10-15 08:02 AM
काठमाडौँ - KTM

आफ्नै श्रीमतीलाई फोन गर्दा साहुले ‘फोन गरिस भने तेरो श्रीमती मार्दिन्छु’ भनेपछि…

साउन १७, काठमाडौं । वैशाख ३० गते दिउँसो साढे ४ बजेतिर बद्रीनारायण मुखियाको फोनको घण्टी बज्यो । फोनमा श्रीमतीको आवाज सुनेर बद्रीनारायण खुसी हुनुभयो । 

किनकी श्रीमतीको फोन नआएको झण्डै डेढ महिना भइसकेको थियो । तर डेढ महिनापछि आएको श्रीमतीको फोनले बद्रीनाराणको खुुसी क्षणभरमै दुःख परिणत भयो । अरु बेला फोन गर्दा के कसो छ भनेर सोध्ने श्रीमती शारदादेवीले त्यो दिन आत्तिँदै ‘म अप्ठ्यारोमा छु त्यसैले छिट्टै घर फर्काउ’ भन्ने आवाज मात्रै आयो । त्यती भन्ने बित्तिकै फोन काटियो ।

त्यसपछि उहाँले श्रीमतीले फोन गरेका +९६६५५८७०४७१९, +२६२५२९९४४६५, +९६६६९४०३३६० नम्बरमा फोन गर्नुभयो । तर अहिले भने शारदा बोल्नुभएन । अर्कै पुरुषको आवाज आयो । बद्रीले आफू शारदाको श्रीमान भएको भन्दै फोन दिन आग्रह गर्नुभयो तर ती पुरुष फोन दिएनन् । धम्कि दिएर भने ‘यो मेरो मान्छे हो । त्यसैले अबदेखि फोन गर्ने होइन यदी धेरै फोन गरेर मलाई टेन्सन दिइस भने श्रीमतीलाई मारदिन्छु ।’ 

यो सुनेपछि बद्रीनारायणका नौ नारी गले । त्यसैले बद्रीनारायण अहिले श्रीमतीलाई घर फर्काइदिन आग्रह गर्दै सहयोग गर्ने संघसंस्थ खोज्न थाल्नुभयो ।  

उहाँकी श्रीमती शारदालाई मधेपुराका तेजनारायण यादवले साउदी अरव पठाइदिन्छु भन्दै २०७२ असोजमा काठमाण्डु पुर्‍याए । उनले सुनसरीका मुसलमान थरका व्यक्तिलाई जिम्मा लगाए भन्ने थाहा पाएका बद्रीलाई ती मुसलमान को हुन भन्ने थाहा छैन । काठमाडौंमै दुई महिना राखेपछि शारदादेवीलाई विदेश होइन भारतको दिल्ली पुर्‍याए । ‘दिल्लीबाट +९१९५९९१३३९६६ नम्बरबाट फोन गरेर भनेपछि मात्रै मैले उ भारतको दिल्लीमा रैछ भन्ने थाहा पाएँ’ बद्रीले भन्नुभयो । 

शारदाले दिल्लीमा छु भन्दा बद्रीलाई त्यतैबाट विदेश पठाउने रहेछ भन्ने लागेको थियो तर त्यस्तो भएन । शारदाले ‘मलाई श्रीलङका ल्यायो भन्दै +९४७२०५९२२५८ नम्बरबाट फोन गर्नुभयो । शारदालाई त्यहाँ पनि १५ दिन मात्रै राखियो । त्यसपछि उहाँले मलाई कुवेत ल्यायो भन्दै +९६५५५६६२३९० नम्बरबाट फोन गर्नुभयो ।

कुवेतबाट एक महिना त्यही नम्बरबाट फोन भइरह्यो घरमा । तर गएको चैतमा मलेसिया हुँदै अहिले साउदी पुर्‍याएको छ । ‘साउदी पुगेको केही समयसम्म फोन गर्दा राम्रै कुरा गर्दै थिइन तर वैशाख ३० गतेको फोनले भने मलाई अत्यायो’ बद्री भन्नुहुन्छ । शारदालाई एजेण्ट तेजनारायण यादवले घरको काममा साउदी पठाइदिन्छु भनेका थिए तर साउदी पुर्‍याउन धेरै देश घुमाए । त्यति हुँदा पनि अहिले शारदा समस्यामा पर्नुभयो । ‘अव के गर्ने भन्ने मैले सोच्न सकेको छैन’ सप्तरीको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा बद्रीनारायणले आशासहित भन्नुभएको थियो ‘अब तपाईंहरुले केही गरिदिनु हुन्छ कि ?’

आफू विदेश जाँदादेखिको ऋणले घरबारी पनि गुम्यो 

विदेश जाँदा श्रीमती हराएको पीडामा रहेका बद्रीनारायणको आफै विदेश जाँदाको पीडा पनि कम छैन । तेजनारायण यादवले नै १ लाख २५ हजार लिएर कतार पठाए । नेपालबाट फूल काट्ने काम भनेर साउदी पुर्‍याइएका बद्रीलाई सप्लाई कम्पनीमा काममा लगायो । यसै त दुब्लो पात्लो ज्यान त्यहीँ माथि भारी बोक्नुपरेपछि बद्रीनारायणको ज्यानले थेग्न सकेन । त्यसैले उहाँ जाँदा लागेको ऋण तिर्न नसक्दै ३ महिना घर फर्किनुभयो । त्यतिञ्जेलसम्म जाँदा लिएको सवा लाखको ऋण र त्यसको व्याज बढेर तिर्नै नसक्ने अवस्था पुग्यो । ‘त्यसैले भएको ८ कठ्ठा मध्ये ५ कठ्ठा ऋण दिने सञ्जय साहको नाममा पास गरिदिएँ’ भएको जायजेथा पनि गुम्दाको पीडा सुनाउँदा बद्रीनारायण बद्रिनारायण आँखा भरिए । 

तर बद्रीनारायणको अवस्था बिग्रिएपछि तेजनारायण यादवले त्यही पैसामा श्रीमतीलाई विदेश पठाइदिन्छु भने । ‘त्यति बेला मैले पनि विग्रिएको अवस्था केही सुध्रिएला कि भन्ने सोचें र हुन्छ भनें’ बद्रीनारायण भन्नुहुन्छ । अनि श्रीमतीलाई विदेश पठाउन घरमा भएको गोरु २५ हजारमा बेच्नुभयो । 

‘कहाँ छिन भन्ने पत्ता लाउन गाह्रो’

बद्रीनारायण श्रीमतीलाई खोजेर नेपाल फर्काइदिन आग्रह गर्दै सप्तरीको सूरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा आउनुभयो । तर उहाँकी श्रीमती शारदादेवी मुखियालाई खोज्न समस्या भएको केन्द्रका कार्यक्रम संयोजक रामप्रमेश मण्डलले बताउनुभयो ।

‘क ख नै नचिन्ने मान्छेले यो देश र उ देशमा पुगें भन्दा कसरी विश्वास गर्ने’ मण्डल भन्नुहुन्छ ‘ फेरि यति धेरै देश कसरी यति छिटो छिटो भिषा लगाएर पुर्‍यायो हामी छक्क परेका छौं’ नेपालबाट जाँदा शारदादेवीको नाममा गएकी बद्रीनारायण श्रीमतीको अहिले त नाम नै परिवर्तन भएको छ । अहिले शारदाको नाम चण्डिका बनाएको बद्रीनारायण बताउनुहुन्छ । फोन गरिस भने मारदिन्छु भनेकाले अहिले उहाँ श्रीमतीलाई कसले नेपाल फकाईदेला भन्ने आशामा हुनुहुन्छ । 

फोनले खुसी फर्कायो, शारदाले पैसा पनि पठाइन

साहुले मारदिन्छु भनेको झण्डै डेढ महिनापछि आएको शारदादेवीको फोनले भने घरमा खुसी ल्याएको छ । वैशाख ३० गते फोन गर्दा म समस्यामा परें भनेकी शारदादेवीले त्यसको डेढ महिनापछि फोन गरेर अहिले आफूलाई समस्या नभएको बताउनुभएको छ । ‘उसले अहिले त मलाई त्यस्तो समस्या छैन भनिन हजुर’ खुुी हुँदै बद्रीले फोनमा भन्नुभयो ‘भगवानको कृपाले सबै राम्रो भयो ।’

समस्या कम भएको बताएकी शारदादेवीले घरमा ३० हजार रुपैयाँ पैसा पठाउनुभएको छ । पैसा पठाउँदा साउदीबाट पैसा हाल्दिने व्यक्तिले बदरा मुखिया भनेर पैसा पठाइदिएकाले १५ दिन जति धाएर बद्रीले पैसा हात पार्नुभएको छ । मोहन पौडेल। उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने