2026-06-16 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

मनोज पराजुली । मङ्सिर ८, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनीमा छापा हानेको छ । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको अवस्थामा छापा हानिएको हो । 

भिडियो हेर्नुहोस् 


दुई म्यानपावर कम्पनीले विभागबाट पुर्व स्वीकृतिनै नलिई अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको एक टोलि आकष्मिक अनुगमनमा पुगेको थियो । डीडी ह्युमनले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको थियो । म्यानपावरले एउटै ठुलो कोठामा सयौंको संख्यामा युवाहरुलाई राखेर तालिम समेत दिइरहेको थियो ।


विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृति नभएको भन्दै तत्काल सम्पूर्ण कार्य रोक्न लगाएर आवश्यक कागजात माग गरेको थियो । तर म्यानपावरले विभाग टोलीलाई असहयोग गर्दै कर्मचारीले तालिम लिएको हो भन्दै काम गरिरहेका थिए । अन्तर्वार्तामा सहभागी युवाहरुले हात हातमा लिएको फर्ममा कतार पुलिसको लागि डीडी म्यानपावरको नाम भएको फर्म देखाएका थिए ।

“२२ म्यानपावर कम्पनीले यस्तै गरेका छन् हामीले मात्र हो र रु यस्तो यो हुँदैछ सबैलाई थाहा छ, हामीले मात्र गरेको हो र रु” डीडी ह्युमनका संचालक बेनीबहादुर कार्की विभाग टोलीसंग सवालजवाफ गर्दै थिए । विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृतिका साथै आजका लागि अन्तर्वार्ता लिन विभागबाट लिइएको अनुमतिको कागजात माग गर्दा ति कुनै पनि कागजात नभएको कार्कीले स्वीकार गरेका छन् ।

उनले डिमाण्डको अन्तर्वार्ता नभई कतार पुलिसमा जानेहरुको लागि प्रारम्भिक छनौट मात्र भएको डिमाण्ड आएपछिका लागि तयारी गरिएको जिकिर गरेका छन् । सो पश्च्यात विभाग टोलीले आवश्यक कागजात सहित म्यानपावर संचालकलाई विभाग उपस्थित हुन पत्र काटेको छ ।


एसओएसमा सयौंको भीड 

विभाग अनुगमन टोली एसओएस म्यानपावर सर्भिसमा पुग्दा सयौंको संख्यामा युवाहरु हातरहातमा आवेदन फर्म लिएर गेटअगाडी लाइनबद्ध भएर बसेका थिए । म्यानपावर कम्पनीको दुवै गेट बाहिर सयौंको संख्यामा भिड भएपनि एसओएस म्यानपावर भित्र अन्तर्वार्ता लिइरहेको विभाग टोलीले भेटेन । अन्तर्वार्ताका लागि सहभागी केहि युवाहरुले म्यानपावर कम्पनीले नै बोलाएर आएको बताएका छन् । 

म्यानपावर कम्पनीले बिहानै अन्तर्वार्ता लिएको जानकारी पाएर नै आएको र केहि साथीहरुले अन्तर्वार्ता दिएका बताएका उनीहरुले बताएका छन् । तर म्यानपावर संचालक भरत खडकाले कतार पुलिसको लागि भनेर कुनै अन्तर्वार्ता नलिएको दावी गरेका छन् ।


हामीले अन्तर्वार्ता लिएका छैनौं, विभाग टोलीलाई जवाफ दिंदै खड्काले भने ‘डिमाण्ड आउने पुर्व सूचनाका आधारमा म्यानपावर वरपर जम्मा भएका होलान् तर हामीले अन्तर्वार्ता छ भनेर उनीहरुलाई बोलाएका होइनौं ।’ सो पश्च्यात बिभाग टोलीले म्यानपावर संचालकलाई आवश्यक कागजात सहित विभाग उपस्थित हुन पत्र काटेको छ ।

कतार पुलिसमा जाँदा सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एक लाख) र काम शुरु गरेको ३ महिनापछि मासिक ६ हजार कतारी रियल तलब हुने प्रलोभन देखाएका अन्तर्वार्तामा सहभागी भएका युवाहरुले बताएका छन् । 

कतार पुलिसमा रोजगारीमा जानको लागि फ्री भिषा/फ्री टिकट भनेपनि म्यानपावरहरुले १२ लाखसम्म अशुली गर्ने गुनाशो आईरहेको छ । त्यसो त सरकारसँग स्वीकृतिनै नलिई एजेन्ट तथा कन्ट्याकको भरमा गोप्य रुपमा डिमाण्ड अगावै कतार पुलिसको लागि छनोट गर्ने र चर्को अशुली गर्ने धन्दा पुरानै भएको गुनाशो गरिएको छ । 

कतार रोजगारीमा सिन्डिकेटको झल्को… 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार रोजगारीका नाममा सिन्डिकेट हुने समाचार आइरहँदा यस्ता कार्य हुनुले थप आशंका गर्ने ठाउँ देखिएको जनाएको छ । “बजारमा कतार रोजगारीको नाममा १७ वटा म्यानपावरले सिन्डिकेट लाद्न खोजेको हल्ला भइरहंदा तिनै छानिएका म्यानपावरबाट नै यस्ता कार्य हुनुले आशंका थपिएको छ, संघका महासचिव सुजित कुमार श्रेष्ठले भने ‘यस्ता कार्यको विरुद्ध संघले कडा प्रतिवाद गर्छ ।”

कतारले छनौट गरेको भनिएको म्यानपावरहरुमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ