2026-10-16 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार पुलिसको आकर्षक तलब छ भन्दैमा पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता गर्न मिल्छ र ?’

मंसिर ११, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारलाई धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा अग्र पङतिमा रहेर प्रतिवाद गर्ने बताएका छन् । केहि समय अघिदेखि कतार रोजगारीको सिन्डिकेटको लागि १७ म्यानपावर छानिएका समाचार आएका र अहिले तिनै म्यानपावरबाट विभागको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता भएको भन्दै अध्यक्ष गुरुङले भने ‘मेरो कसैसंग आग्रहपुर्वाग्रह छैन, तर  वैदेशिक रोजगारलाइ धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा म अग्र पङतिमा रहनेछु ।’ 

एसओएस र डीडी ह्युमन रिसोर्स र  होप इन्टरनेशनलले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिएका थिए । सोहि क्रममा वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा हानेको थियो । कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ । 

सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्स र मंगलबार छापा हानिएको होप इन्टरनेशनलको वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्का गरिसकेको विभागले जनाएको छ । 

तीन म्यानपावरका गतिविधिलाई लिएर निवर्तमान अध्यक्ष गुरुंङले आम व्यवसायी माझ ७ बुंदे आफनो धारणा सार्वजनिक गरेका छन् । आकर्षक तलब छ भने पुर्व स्वीकृति बिना अन्तरबार्ता गर्न मिल्छ र ? उनले भनेका छन् ‘व्यावसायीले बजार प्रवर्धन गर्न गन्तब्य मुलुकको कम्पनी पुग्नु पर्नेमा नेपालमा रहेका कुटनैतिक नियोग पुगि चाकरी, हिलामोजा ,अव्यवहारिक र शंकास्पद सम्बन्ध राखेर लिस्ट बनाइ सिन्डिकेट गर्नु ठिक हो ? यदि दूतावास सम्मिलित सिन्डिकेट होइन भने त्यो लिस्ट भित्रको म्यानपावरमा मात्र अन्तर्वार्ता किन ?’

१७ म्यानपावारको लिष्ट अनुसार  कतारमा हाललाई सेक्युरिटी गार्ड पठाउन र भविश्यमा विश्यकपको लागि चाहिने हजारौं स्टडियम क्लिनर, हजारौं स्टडियम गार्ड, सिभिल गार्ड लगाएत कामदार लैजान दूतावासको हस्तक्षेप रहने प्रमाणित भएको छैन र ? भन्दै उनले भने ‘कुनै बिदेशी दूतावासका राजदुत र कर्मचारी ब्यक्तिगत डिनर आयोजना गर्दै म्यानपावर व्यावसायीसग मजबुत सम्बन्ध बनाइ रेक्रुटिङ बिज्नेससग जोडिनु ठिक हो ?’ 

‘दुई म्यानपावरमा पुर्व स्वीकृति नलिएको कारण विभागको छापा भन्ने खबर थाहा हुँदाहुदै होप ईन्टरनेशनलमा दूतावासको निलो प्लेटको गाडी देखिनु र सो म्यानपावरबाट पुर्व स्वीकृति बिना अन्तरवार्ता गर्न मिल्छ र ? कुटनैतिक नियोगको गाडी म्यानपावरमा तेर्साएर नेपालको ऐन कानुनको धज्जी उडाउन मिल्छ र ? भन्दै उनले आक्रोश पोखेका छन् ।’ 

‘दूतावासहरु म्यानपावार छान्न प्रभाव र प्रलोभनमा परेर रोजगारदाता कम्पनी र म्यानपावार बिच सम्पर्क गराउने एजेन्ट बन्न लागेको स्पस्ट भएको छैन र? नोकरी र ब्यापार हामीलाई चाहियो भन्दैमा दूतावासले जे गरे पनि गिजा देखाएर बस्नु पर्ने हो र ?’ भन्दै उनले आम व्यवसायी यस विषयमा चासो राख्नुपर्ने बताएका छन् ।

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित)

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु