साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको "/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

इन्डोर कामका लागि कतार गएका नेपाली युबक सडकमा यसरि रुँदैछन् (भिडियोसहित)

साउन १७, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको मुलाबारी घर भएका उपेन्द्र यादवको दर्दनाक भिडियो खिचेर फेसबुकमा पोष्ट गरे । भिडियोमा उनी आफ्नो शरीरमा आएको एलर्जी देखाएर रुँदै गरेको देखिन्छ ।

उनी नेपालीहरु देख्नासाथ रुँदै सहयोगका लागि याचना गर्न आइपुगेको विनोदले कतारबाटै टेलिफोनमा बताए । भिडियोमा पनि सहयोग माग्ने क्रममा आँशु रोक्न नसकेको देखिन्छ ।

‘मलाई देख्नेबित्तिकै उनी ठूलो अपेक्षासहित रुँदै सहयोग माग्न आए,’ पौडेलले भने, ‘सहयोग गर्न नसकेपनि फेसबुकमार्फत सरकारसमक्ष उनको पीडा पुर्‍याउँछु भनेर भिडियो बनाएको हुँ ।’

को हुन् उपेन्द्र ?

उपेन्द्र १० दिन अघि मात्रै कतार पुगेका हुन् । उनलाई क्लीनरका लागि इन्डोर काम गर्ने भन्दै गौशालास्थित प्रतिज्ञा म्यानपावरले विदेश पठाएको हो । तर, उनी विदेश पुग्नासाथ बिरामी परे । उनको शरीर भरि फोका नै फोका आएका छन् ।

एलर्जी जस्तो देखिने फोकाहरु पाकेका छन् । तर, पनि कम्पनीले उनलाई उपचार गर्नुको साटो बाहरि साइटको काममा खटाएको छ । उनी साइट आसपास आउने सबै नेपालीसँग रुँदै सहयोग मागिरहेका छन् ।

म्यानपावरले फोन उठाएन

निर्माण क्षेत्रमा काम गर्न पुगेका उपेन्द्रलाई कतारको चर्को गर्मीले समस्या भएको छ । उनले कि आफूलाई नेपाल फर्काउन वा उपचार गरेर इन्डोर काममा लगाउन अपिल गरेका छन् ।

तर, उपेन्द्रलाई पठाउने म्यानपावरलाई उनले आफ्नो समस्या सुनाउन पाएका छैनन् । किनभने उनलाई विदेश पठाउने म्यानपावर र दलालले उनको फोन नै उठाएका छैनन् । उनलाई विदेश पठाउने उनकै गाउँका प्रदिपकुमार सिंह हुन् ।तर, उनले आफूलाई ‘प्रदीपकुमार राय’ भनेर चिनाउँछन् ।

प्रदीपलाई हामीले सम्पर्क गर्दा आफूले उपेन्द्रलाई विदेश पठाएको स्वीकार गरे । यादवले आफू प्रतिज्ञा म्यानपावरमार्फत् कतार आएको बताए पनि उनलाई विदेश पठाउने प्रदीपले भने डिलक्स म्यानपावरमार्फत पठाइएको बताएका छन् ।

आफ्नो घर र उपेन्द्रको घरसँगै भएकाले आफूले यादवलाई उपचारमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । स्रोत: अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने