2026-10-17 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन विभागको आग्रह, श्रम स्वीकृति हुन नसके जिम्मेवार नहुने

मंसिर १२, काठमाडौँ  | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकहरुलाई आग्रह गरेको छ | विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने बताएको हो |

नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि १४ मंसिर देखि दैनिक ३०० टोकन जारी गरिने व्यवस्था गरिएको विभागले जनाएको छ | विभागका अनुसार,सेवाग्राहीहरु आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोले अब १४ गतेबाट कुनै पनि बहाना र व्यहोराबाट जारी टोकन अगाडि सार्ने कार्य पूर्ण रुपमा बन्द गरिएको छ |

 विभागले जारी गरेको सूचनामा भनेको छ,”सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोमा उहाँहरुलाई मार्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवम् वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पि सि आर रिपोर्ट देखाउन लगाई र भिषा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिन पूर्व वा भोलीपल्ट विदा भए अर्को दिन ११ बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रुपमा सारिदिने गरिएकोमा यस सम्बन्धमा कार्यालयको कार्य सम्पादनमा पश्न उठन जाने अबस्था रहेको छ |”

श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने सूचनाहरु जारी हुँदा पनि यो क्रम निरन्तर भएकाले विभाग जिम्मेवार नहुने बताएको हो | वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ | कसैको श्रम स्वीकृतिको म्याद भए उडान गर्ने दिन कम्तिमा ९१ बाँकी रहेको हुनु पर्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु