2026-10-17 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा श्रमिकले रोजगारी फेर्न के गर्ने ? नियमको पालना नगरे एक बर्ष कतार आउँन नपाउने

मंसिर १४, काठमाडौँ | कतारमा श्रमिकले रोजगारी परिवर्तनका लागि आवेदन दिंदा आफ्नो राजिनामा प्रति पनि समावेश गर्नुपर्ने भएको छ | कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीलेउक्त कुरा बताएका हुन् |

त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको  नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि चाहिने उनले बताए | उनका अनुसार,रोजगार परिवर्तनको आवेदनलाई मन्त्रालयमा पेश गरि  श्रम कानूनको नियम पालना गरि स्वीकार वा अस्विकार गर्न मुल्यांकन गरिने छ | 

 निवेदन प्राप्त भएमा मन्त्रालयले रोजगारदाता र कामदारलाई म्यासेज पठाउनेछ र कामदारले कम्पनी बदल्न खोजेको सूचनाको बारेमा जानकारी दिईनेछ | मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन पूर्ण स्वीकृत भएको  जनाउने छ | सोहि क्रममा उक्त रोजगारदातालाई निवेदन प्रक्रियामा रहेको जानकारी गराउँने छ र निवेदनको अन्तिम काम नभएसम्म कामदारलाई कम्पनीमै  राखिने छ | 

त्यस्तै रोजगारदाताले म्यासेजमा आएको हटलाइन नम्बर र ईमेल ठेगाना मार्फत कामदारको निवेदन माथी सोधपुछ गर्न पाउने अधिकार रहेको छ | 

श्रमिकले रोजगारी बदल्दा नयाँ कम्पनीको छाप र हस्ताक्षर सहितको अफर लेटर आवश्यक पर्छ | त्यस्तै,दुई वर्ष भन्दा बढी काम गरेको भए दुई महिना र सो भन्दा कम काम गरेको भए एक महिना अगाडी राजीनामा पत्र बनाउनु पर्ने छ | 

नयाँ कम्पनी अफर लेटर, राजीनामा पत्र र करार पत्र लगायत आईडी,राहदानीको कपी सहित काम परिवर्तनको निवेदन भरेर मन्त्रालयको सेवा कार्यालयमा बुझाउनुपर्ने छ | भने  निवेदन अनलाइन र मेट्राश २ एप बाट  पनि दिन सकिने छ |

रोजगारदाता र कामदार दुवै पक्षले सम्झौता पत्र अनुरुप नियम पालना गर्नुपर्छ  | उक्त नियमको पालना नगरे कम्पनीलाई कारबाही हुने र कामदारले देश छोडे एक वर्ष कतार जान नपाउने व्यवस्था छ | त्यस्तै नयाँ कम्पनीले ज्याला रक्षा प्रणाली,श्रम कानूनको नियम पालना गर्नुपर्ने र कामदारलाई काम दिन प्रशस्त काम भएको सुनिश्चित गराउनुपर्नेछ | निवेदन बुझाएको १५ देखि १ महिना भित्र मन्त्रालय बाट स्वीकृति पाइन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु