2026-09-25 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जाने बढे, श्रम स्वीकृति बिनै विदेश जानेलाई रोक्ने कसले ?

मनोज पराजुली । मङ्सिर १७, काठमाडौं । कोरोना महामारीका बीच विभिन्न प्रलोभनमा परि भिजिट भिसामा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले वैधानिक रुपमा श्रम स्वीकृति खुलागरेपनि  प्रयाप्त मात्रामा डिमाण्ड नपाउँदा युवाहरु आकर्षक तलबको प्रलोभनमा भिजिट भिसाको मोहमा परेको म्यानपावर व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय भिजिट भिसामा विदेश जाने बढेको भन्दै वैदेशिक रोजगार विभागले समेत सूचना जारी गर्दै ध्यानाकर्षण गराएको छ । विभागले एक सूचना जारी गर्दै भनेको छ ‘युएई लगायत बिभिन्न देशहरुमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिसामा श्रमका लागि व्यक्तिहरु पठाइरहेको भन्ने विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विभागले भिजिट भिसामा जानेहरु ठगिने क्रम शुरु भई विभागमा उजुरी समेत आउन थालेको जनाएको छ । 

विभागले भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने विभागले जनाएको छ  । 

यसै विच नेपालबाट दैनिक २ सय भन्दा धेरै युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति र एजेन्टले भिजिट भिसामा युएई पठाउने गरेको पाइएको छ । भिजिट भिसामा गएका मध्ये अधिकांश महिलाहरु रहेको साथै त्यसरी युएई पुगेका महिला अलपत्र पर्ने र मानव तस्करको जालोमा पर्ने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । त्यसरी लगिएका महिलालाई आवश्यक सेवा सुविधा बिना नै युएईमा घरेलु काममा लगाइने गरेको पीडितहरुले बताउने गरेका छन् । भिजिट भिसामा गएर कुनै समस्या पर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाइने सुविधाका साथै बीमा वापतको रकम प्राप्त गर्न वन्चित हुने गरेका छन् । 

वैदेशिक रोजगारीका लागि सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका युएई पुगेका एक युवाले बताए । यसअघि अध्यागमन विभागले त्यसरी सेटिङ मिलाउन सहयोग गरेको आशंकामा १५ जना कर्मचारी समेत सरुवा गरेको थियो । 

तर भिजिट भिसाको सबै प्रक्रिया पुर्‍याएर आएका व्यक्तिलाई रोक्न नमिल्ने अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र अधिकारीले बताएका छन्  । उनका अनुसार अध्यागमन विभागले शंका लागेका व्यक्तिलाई सोधीखोजी गरेर अनुसन्धानका लागि पठाउने गरेको छ । सबै प्रमाण पुर्‍याएर आएका व्यक्तिलाई रोक्न भने समस्या हुने उनको भनाइ छ । 

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सरकारी संयन्त्रले चासो नदेखाएको सरोकारवालाले बताउंदै आएका छन् । सम्बद्ध निकाय जानकार भए पनि भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पहल नभएको उनीहरूको भनाई छ  । 

तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेका छन् । यसरी खाडी मुलुक र मलेसिया पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । त्यसरी भिजिट भिसामा गएका धेरैजसो अलपत्र र समस्यामा पर्ने गरेका छन् । 

प्राय: एयर अरेयिबाको उडानमार्फत  

एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकालाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिँदै आएको छ । यसरी भिजिट भिसामा जाने कामदारलाई सेटिङमा राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाउने गरेका विमानस्थल श्रोतले जानकारी दिएको छ ।  ‘राति जाँदा प्रायः चेकिङ कम हुन्छ, त्यसैले पनि सोही उडान रोज्ने गरेका छन्’ उनले भने ।  

भिजिट भिसामा युएई जानको लागि टिकटसहित सेटिङका लागि भन्दै प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ बुझाउने गरेको भिजिट भिसामा जाने महिलाले बताएका छन् ।  

श्रम स्वीकृति लिएर २० हजार विदेशीए 

चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले गत असर १८ गतेबाट पुनः श्रम स्वीकृति र भदौ १४ बाट नयाँ श्रम स्वीकृति खुला गरेसंगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । 

विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए ।  भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो  तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । 

त्यस्तै कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।  कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो । पछिल्लो समय विदेशस्थित नेपाली दुतावासहरुले मागपत्र प्रमाणीकरण शुरु गरेसंगै डिमाण्ड आउने क्रम पनि बढ्ने म्यानपावर व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक