2026-10-17 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी : स्वास्थ्य संस्थाहरु पुस मसान्तसम्म श्रम मन्त्रालयमा सूचिकृत हुनुपर्ने

मङ्सिर २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको छ । 

मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न  व्यवसायीहरुलाई आग्रह गरेको छ । यसअघि तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने करिब तीन दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) श्रम मन्त्रालयले खारेज गरेको थियो । यसअघि वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको ३ लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पुर्याउनु पर्नेमा उक्त धरौटी नराखेका स्वास्थ्य संस्थाको  लाइसेन्स खारेज भएको थियो ।

वैदेशिक रोजगार ऐनको दफा ७२  तथा वैदेशिक  रोजगार नियमावली २०६४को नियम ४५ (क) बमोजिम स्वास्थ्य सस्थाहरुले पुस मसान्तभित्र सूचीकरण नवीकरणको लागि निवेदन दिइ सक्नु पर्ने प्रावधान छ । नवीकरण नगरी खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न नपाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु