2026-07-24 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतद्वारा अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर

मङ्सिर २२, काठमाडौं । कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ । 

विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवेतले कोरोना भाइरस संक्रमण उत्कर्षमा रहेका बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी कामदारहरुलाई विना जरिवाना आममाफी दिई घर फर्काउने कार्यक्रम शुरु गरेको  थियो ।

कुवेतले यस पटक ३० दिनको समय दिएर डिसेम्बर १ तारेखदेखि वैधानिककरण हुन समय दिएको हो  । कुवेतले सन् २०२० को अक्टोबर ३१ सम्म १३ हजार अवैध आप्रवासीलाई स्वदेश फर्काएको बताएको छ । अझै कुवेतका विभिन्न डिपोर्टेसन सेन्टरमा अवैध हैसियतका विदेशी रहेको बताइएको छ । 

कुवेतले सन् २०१८ मा ३४ हजार र सन् २०१९ मा ४० हजार विदेशी कामदारलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा स्वदेश फर्काएको थियो । कुवेतमा ३ हजार नेपाली अवैध अवस्थामा रहेको अनुमान छ । शुरुमा ७ हजार अवैध नेपाली रहेको अनुमान गरिएकोमा कोरोना महामारीको संक्रमण २ हजार ९ सय नेपाली आममाफीको प्रक्रियामा सहभागी भई स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक