2026-10-16 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो ‘कतार प्रहरीमा रोजगारीमा जान राहदानी वा रकम बुझाएका व्यक्तिहरु सम्पर्कमा आउनुस्’

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 

यसअघि विभिन्न इजाजतपत्रवाला संस्था(म्यानपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचालन गरिरहेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागले एस.ओ.एस.म्यान पावर सर्भिस प्रा.लि.( इ.प.न.८०/०५२), होप इन्टरनेशनल प्रा.लि. ( इ.प.न.८५७/०६६/६७) र डि.डि ह्युमन रिसोस प्रा.लि.(१०४३/०७३/७४ ) मा आकस्मिकअनुगमन गरेको थियो । सो क्रममा आकस्मिक अनुगमन टोलीले अन्तरवार्ता संचालन गरिसकेको/गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रणमा लिई हाल उल्लिखित संस्थाहरु उपर भइरहेको छानविन जारी राखेको छ । छानवीनको क्रममा उल्लिखित संस्थाहरुले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी/ रकम लिएको भनि विभिन्न व्यक्तिहरुवाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागले जनाएको छ ।

“यसर्थ वैदेशिक रोजगारमा कतार प्रहरीमा जाने भनि उल्लिखित म्यानपावर वा म्यानपावर सँग सम्बन्धित व्यक्ति वा अन्य कुनै म्यानपावरमा राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई आजको मितिले तीस( ३०) दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा मेल गरि उजुरी दिनुहोला ।” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित) 

तीन म्यानपावर कम्पनी ६ महिना निलम्बन, थप कारवाही तीनदेखि सात वर्षसम्म कैद हुनसक्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु