2026-10-17 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेकाहरुलाई ३० दिन भित्र उजुरी गर्न विभागको आग्रह

मंसिर २४, काठमाडौं | भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई बैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको छ | विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई उजुरी दिन भनेको हो |

पछिल्लो समय खाडी लगायतका अन्य मुलुकहरुमा बैदेशिक रोजगारीको लागि पठाइदिने भन्दै चर्को रकम असुल गरी अबैध तरिकाले भिजिट भिषामा विदेश पठाउनेक्रम बढेको छ | विभागका अनुसार,भिजिट भिषा भनेर रोजगारीमा पठाउने गरेको पाइएको छ |

विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले म्यानपावर र ट्राभल एण्ड टुर्सले भिजिट भिषामार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारेको छ | वैदेशिक रोजगारको भिजिट भिसा मार्फत पठाउने संस्थामाथि छानबिन भइरहेको विभागले जनाएको छ |

भिजिट भिषामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित उजुरीमा उल्लेख गर्नु पर्नेछ | विज्ञप्तिमा भनिएको छ,”अवैधानिक रुपमा भिजिट भिषाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेलमा मेल गरि उजुरी दिनको लागि अनुरोध गर्दछौं  |”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु