2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने

मङ्सिर २५, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै महासंघ पदाधिकारीहरुले वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसंग पहल गर्ने बताएका हुन् । 

महासंघको हालै सम्पन्न निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई सम्मानित गरेका हुन् ।

सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उनले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसंगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताए । तत्कालीन संविधानसभा सदस्य समेत रहनुभएका शेरचनले निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको महासङ्घले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । 

सङ्घका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगार व्यावसायीले वर्षौं देखि उठाएका जायज माग सरकारले सम्बोधन नगरेको भन्दै माग सम्बोधनका लागि अब महासंघ मार्फत सरकारसंग वार्ता गरिने बताए । साथै उनले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु