2026-10-17 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबैधानिक रुपमा बसेका विदेशी श्रमिकहरुका लागि मलेसिया सरकारको यस्तो अफर

मंसिर २६, काठमाडौँ | मलेसियामा अबैधानिकरुपमा बसेका आप्रवासी कामदारहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ | रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसिया सरकारले न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किने वा निश्चित प्रकृया पुरा गरेर मलेशियामै रोजगारी गर्ने विकल्प अघि सारेको हो |

सरकारले विदेशी श्रमिकलाई मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ | अवैधानिक रुपमा बसेका र स्वदेश फर्कन चाहनेहरुले अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिंगिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिनु पर्ने छ |

डिसेम्वर २१ देखि सुरु हुने उक्त कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकुमेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनुपर्ने सरकारले जनाएको छ | मलेसियाको अध्यागमन कार्यालयबाट स्वदेश फिर्ताका लागि चेक आउट मेमो अनिवार्य लिनु पर्ने छ | चेक आउट मेमो लिनका लागि अध्यागमन कार्यालयले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम रुपमा समय लिनु पर्ने छ |

फर्म भर्न चाहनेहरुले आफ्नो पुरा नाम थर, राहदानी वा ट्राभल डकुमेण्ट, मोर्वाइल नम्वर ईमेल ठेगाना हुनुपर्दछ | त्यसपछि  http://sto.imi.gov.my वेभसाइटमा गएर फर्म भरेपछि ईमेलमा कन्फर्ममेसन आउँछ । ईमेलमा आउने कन्फर्ममेसनलाई प्रिन्ट गरेर सुरक्षित राख्नु पर्दछ |

आफूले पाएको मितिमा अध्यागमन कार्यालयमा चेकआउट मेमोको प्रकृयाका लागि जाँदा तीन दिनभित्र कोभिड टेष्ट गरेको रिपोर्ट, राहदानी वा ट्राभल डकुमेण्ट तथा ५ सय रिंगिट भएको बैंक कार्ड, स्वदेश फर्किने टिकट (१४ दिनभित्रको उडान भएको) को बुकिङ साथमा हुनुपर्ने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ |

दूतावासका अनुसार आफूले एपोईन्टमेण्ट पाएको समय भन्दा एक घण्टा अगाडी नै सम्बन्धित कार्यालयमा पुग्नु पर्ने छ | कुनै समस्या वा जानकारी आवश्यक परे दूतावासको फोन नम्वर ०३२०२०१८९८/०३२०२०१८९९ मा वा हटलाइन नम्वर ०११६२४७२७७७ मा फोन गर्न सकिने दूतावासले जनाएको छ |

त्यस्तै मलेसियामै रहेर रोजगारी गर्न चाहनेहरुका लागि कम्पनी मार्फत वैधानिक हुन सक्ने व्यवस्था सरकारले गरेको छ | यसरी रोजगारी गर्न चाहनेहरुले उत्पादनमूलक क्षेत्रको काम, निर्माण, कृषि, क्षेत्रको काममा रोजगारी गर्न सक्नेछन |

मलेसिया सरकारले दिएको उक्त अफर सन् २०२१ को जुन महिनासम्ममा सकिने छ | अध्यागमन कार्यालयका अनुसार,रोजगारदाताले मलेशियाको अध्यागमन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने छन् | यो कार्यक्रममा सहभागि हुनका लागि मलेसिया सरकारले कुनै व्यक्ति वा निकायलाई जिम्मेवारी नदिएको बताउँदै ठगिनबाट सचेत रहन भनेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु