2026-10-17 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी दुतावासले गरेन मागपत्र प्रमाणीकरण, यस्तो छ राजदुतको स्पष्टोक्ति

मङ्सिर २८, काठमाडौँ | कोरोना महामारी पछि तीन महिना अघि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको छ । यस क्रममा कतार तथा युएई लगायत खाडीस्थित विभिन्न नेपाली दूतावासहरुले कामदारहरु मागिएको नयाँ मागपत्र प्रमाणीकरण शुरू गर्न थालेका छन् तर साउदी स्ठित नेपाली दुतावासमा भने मागपत्र प्रमाणीकरणको काम अझै अनिश्चित छ ।

कामदारको माग लिएर दुतावास पुगेका अधिकांश रोजगारदाता कम्पनीहरुलाई दुतावासले त्यसै फर्काउने गरेको छ । खाडीका अन्य देशहरुमा रहेको दुतावासहरुले मागपत्र प्रमाणीकरणको काम सुरु गरिसक्दा पनि साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरे पछि दुतावासमा दवाब बढेको छ ।

कोरोना महामारीको कारण देखाई साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम नगर्दा नेपाली कामदारको माग भई आउने नयाँ डिमाण्डहरु प्रभावित भएको बताइएको छ । त्यसो त नेपालबाट कामदार लान असहज भएको भन्दै रोजगारदाताहरुले नेपाली कामदारको विकल्प खोज्न थालेको बताइएको छ ।

साउदीस्थित दुतावासले मागपत्र प्रमाणीकरण नगरेको विषयमा म्यानपावर व्यवसायीहरुले पटक-पटक ध्यानाकर्षण गराइसकेको अवस्थामा समेत दुतावासले वेवास्ता गरेको गुनाशो गरिएको छ । 

साउदीले नयाँ कामदारको लागि खोलेकै छैन: राजदुत

साउदीस्थित नेपाली दुतावासले नयाँ डिमाण्डको मागपत्र प्रमाणीकरणको काम किन नखुलाएको भन्ने साझा सबाल मिडियाको प्रश्नमा राजदुत डा. महेन्द्र प्रसाद सिङ राजपुतले साउदीले नयाँ कामदार भित्र्याउने सम्बन्धमा कुनै निर्णय नगरिसकेकोले मागपत्र प्रमाणीकरणको काम दुतावासले नगरेको बताए । 

राजदुत राजपुतले भने ‘साउदी सरकारले जब अनुमति दिन्छ तब हामी प्रमाणीकरणको का गर्छौं, अहिले नयाँ कामदारको लागि यहाँको सरकारले अनुमतिनै दिएको छैन । यस्तो अवस्थामा कामदारको मागपत्र प्रमाणीकरण गर्दा नेपालीहरु थप समस्यामा पर्न सक्छन् । यहाँको सरकारले नेपाल मात्र होइन अन्य देशबाट पनि नयाँ कामदार ल्याउन दिएको छैन ।’ राजदुत राजपुतले अगाडी भने ‘नेपालीहरुलाई साउदी अरवीयाले रिइन्ट्री (पुन: प्रवेश)को अनुमति दिएको छ, भारतलाई त यो सुविधा समेत दिएको छैन । नेपालीले रोजगारीको लागि साउदी आउन पाउन हामीले पनि चाहिरहेको कुरा हो, यसलाई खोल्न हामीले उच्च निकायहरुलाई भेटिरहेका छौं ।’ 

राजदुत राजपुतले साउदीले हालसम्म नयाँ कामदार लैजाने सम्बन्धमा कुनै निर्देशन नदिएको र त्यस्तो निर्देशन नभएसम्म दुतावासले मागपत्र प्रमाणीकरणको काम नगर्ने स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु