2026-09-25 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करी गर्ने दुईजना पक्राउ

मङ्सिर २८, काठमाडौँ | बैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करीमा संलग्न दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 

मानव तस्करमा संलग्नहरुले पांच जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर गैरकानुनी तरिकाले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, त्यसपछि खाडीका दुवई तथा कतारको बाटो हुँदै मोजाम्बिक पुर्याएको र त्यहाँबाट पनि साउथ अफ्रिका पुर्याई बिक्रि गरेर शारीरिक, मानसिक र आर्थिक शोषण गरेको पाइएको छ । साथै पिडितहरुलाई ४/५ महिनासम्म बन्धक बनाएर राखिएको थियो । 

पिडितहरुले आफू बन्धक रहेको अवस्थामा कोहि नभएको बेलामा भागेर नेपाली दुतावास पुगेका थिए । त्यसपछि दुतावासमार्फत आफन्तको सम्पर्कमा आई नेपाल फर्किएका थिए । त्यसपछि पिडितहरुले मानव तस्करीमा संलग्नहरु विरुद्ध उजुरी दिएका थिए । 

पिडितहरुको उजुरीको आधारमा मानव तस्कर व्युरोले ताप्लेजुङ मिरिङदेङ-४ स्थाई घर भएका गणेश कुमार लोंवालाई गत १६ गते काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको छ भने सोहि मानव तस्करीमा संलग्न सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट-२ घर भएकी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आज काठमाडौँकै चाबहिलबाट पक्राउ गरेको छ । 

मानव तस्कर व्युरोले दुवै पक्राउ परेका तस्करीमा संलग्नहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनिहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक