2026-10-17 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको आवरणमा मानव तस्करी, १० देखि १५ वर्ष कैद !

मङ्सिर २९, काठमाडौँ | भिजिट भिसाको बाटो हुँदै बिदेशमा काम लगाइदिने प्रलोभनमा पारेर लैजाने र अलपत्र पार्ने, जुनसुकै गैरकानूनी बाटो प्रयोग गरि विदेश लानेहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने गरेको छ । यस्तो कसुरमा संलग्नलाई व्युरोले कडा कानुनी सजायको प्रावधान छ । 

आइतबार मात्र पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलव सुविधासहित वैदेशिक रोजगारीमा लगाइदिने भन्दै मानव बेचबिखन गर्ने काम गर्ने गरेको आरोपमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई पक्राउ गरेको छ । सोहि काममा संलग्न ताप्लेजुङको गेंरिडदेन गाउँपालिका–४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवा समेतले २०७३ सालमा ५ जना युवालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानूनी तरिकाले भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिका र मोजाम्बिकसम्म पुर्‍याई बिक्री गरेका थिए । 

यस्तै प्रकारका धेरै घटनाहरु मानव तस्कर व्युरोमा आकर्षित हुन्छन् । बिभिन्न प्रलोभनमा भिजिटमा लगेर काम लगाउनमा सक्रियहरुलाई समेत मानव तस्करीको कानुन आकर्षित हुन्छ । नेपाल सरकारले वैदेशिक रोजगारको लागि इजाजतप्राप्त कम्पनीहरु वा व्यक्ति आफ्नै प्रयासमा मात्र विदेश जान दिने नीति लिएको अवस्थामा भिजिट तथा व्यक्तिगत श्रम स्वीकृति गराएर विदेश पठाउने गरेको पाइएको छ । यसरी विदेश जानेहरु मध्ये अधिकांश ठगिमा पर्ने गरेका छन् । गैरकानुनी तरिकाले बिदेश पुर्याएर ठगि गर्ने, श्रम शोषण, आर्थिक, शारीरिक तथा मानशिक शोषण गर्नेहरु बिरुद्ध पनि मानव तस्करीकै कानुन आकर्षित हुन्छ । 

कानुन अनुसारको अभियोग प्रमाणित भएमा १० देखि १५ वर्ष कैद सजाय र दुई लाखसम्म जरिवानाको प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु